Grace Computer Jawalakhel
समाचार

पछिल्लो २४ घण्टामा ७ सय ६८ जना कोरोनाबाट मुक्त-GoodNews24

मंगलबार मुलुकभर कोरोनाका १ हजार ६९ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएको जानकारी दिनु भएको छ। यी सहित हालसम्म संक्रमितको संख्या ४० हजार ५ सय २९ पुगेको छ। पछिल्लो २४ घण्टामा ७ सय ६८ जना कोरोनाबाट मुक्त भई घर फर्किएका छन्। यी सहित हाल सम्म कोरोनाबाट निको हुनेको संख्या २२ हजार १ सय ७८ पुगेको छ। देशभर हाल सक्रिय संक्रमितको संख्या १८ हजार १ सय १२ छ। त्यस्तै पछिल्लो २४ घण्टामा मृतक ११ जनामा कोरोना पुष्टि भएको छ। यी सहित कोरोनाबाट हालसम्म मृत्यु हुनेको संख्या २ सय ३९ पुगेको छ। पछिल्लो २४ घण्टामा १२ हजार ८८ जनाको पिसिआर परीक्षण भएको छ। हालसम्म ७ लाख ५ हजार बढीको पिसिआर परीक्षण भएको छ।

यो पनि पढ्नुहोस् ..

[irp posts=”3554″] [irp posts=”2573″] [irp posts=”2770″] [irp posts=”3174″]
यसमा तपाईको मत कमेन्ट गर्नुहोस्

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button