समाचार

दुई सय विपन्न परिवारलाई खाद्यान्न वितरण – GoodNews24

Gobal IME Bank

विराटनगर । सरकारले कोभिड–१९ को सङ्क्रमण नफैलियोस् भनी गरेको ‘लकडाउन’का कारण प्रभावित अतिविपन्न परिवारलाई  खाद्यान्न वितरण गरिएको छ ।

नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) को विराटनगर महानगरपालिका वडा नं ८ कमिटीले अतिविपन्न तथा सिमान्तकृत परिवारलाई  खाद्यान्न वितरण शुुरु गरेको छ । सो वडाका दुुईसय विपन्न सुकुम्वासी परिवारलाई प्रति परिवार पाँच किलो चामल, एक किलो दाल, एक किलो नुुन तथा हाथ धुने साबुन वितरण गरिएको वडा कमिटिका अध्यक्ष राम पोखरेलले बताउनुुभयो ।

हाटखोला, वलुुवाई तथा विश्वकर्मा टोलका सुकुम्वासी तथा विपन्न परिवारलाई राहत सामाग्री वितरण गरिएको हो । केहि भए पनि राहत पुगोस् भनेर उनीहरु बसोवास गर्दै आएका टोलवस्तीमा पुुगेर राहत वितरण गरिएको वडा कमिटिका अध्यक्ष पोखरेलले बताउनुभयो ।

बनेपा नगरपालिका वडा नं १० महादेवथानस्थित ईँटाभट्टामा काम गर्ने मजदुर र बनेपा बजारमा साइकलमा फलफूल बेचेर गुजारा चलाउँदै आएकालाई शनिबार काभ्रे रियलस्टेट बनेपाका अध्यक्ष सन्देश लामाले प्रदान गरिएको खाद्यान्न ।
लकडाउन लागू भएको छैठौं दिन मध्यपुर थिमि शङ्खधर चोकमा आदर्श सामाजिक सेवा समाज र आदर्श बचत कोषद्वारा वितरण गरिएको खाजा लिँदै दैनिक मजदुर गरी जीवन गुजरा चलाउनुपर्ने भरिया ।
काठमाडौँको स्वयम्भूका बादरलाई खाने कुरा दिँदै एक पुजारी ।
काठमाडौँको स्वयम्भू सडकका कुकुरलाई खानेकुरा दिइँदै ।

GudNews24 निरन्तर सकारात्मक सन्देश…
यो पनि पढ्नुहोस् …
[irp posts=”5554″] [irp posts=”2573″] [irp posts=”3415″] [irp posts=”3558″] [irp posts=”3605″] [irp posts=”3790″]

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button