समाचार

कोरोना सङ्क्रमण मुक्त हुने दर ९८ दशमलव छ प्रतिशत – Good News 24

Gobal IME Bank

काठमाडौँ । पछिल्लो चौबिस घण्टामा एक सय ३३ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । यससँगै सङ्क्रमण मुक्त हुनेको सङ्ख्या नौ लाख ८४ हजार ८२ पुगेको छ । सङ्क्रमण मुक्त हुने दर ९८ दशमलव छ प्रतिशत रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

हाल सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार चार सय ४८ रहेको छ ।

शून्य सङ्क्रमित रहेका जिल्लामा मनाङ, मुस्ताङ, दाङ, जाजरकोट, हुम्ला, डोल्पा, मुग, जुम्ला, बझाङ र दार्चुला रहेका छन् । उपत्यकाका तीन जिल्लामध्ये हाल काठमाडौँमा एक हजार ४१, ललितपुर चार सय २१ र भक्तपुरमा ३२ सक्रिय सङक्रमित रहेका छन् । कूलमा सङ्क्रमणदर १६ दशमलव नौ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button