मुख्य समाचारसमाचार

आज सर्वोच्च फर्कने तयारी गर्दै ‘निलम्बित’ प्रधानन्यायाधीश राणा, सर्वोच्च परिसरमा सुरक्षा व्यवस्थालाई कडा – Good News 24

Gobal IME Bank

काठमाडौं । ‘निलम्बित’ प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा अदालत फर्कने तयारीमा छन् । ‘निलम्बित’ प्रधानन्यायाधीश राणा अदालत फर्कने तयारीमा रहेसंगै सर्वोच्च परिसरमा सुरक्षा व्यवस्थालाई कडा बनाईएको छ ।

आजबाट सर्वोच्च फर्कने तयारी भएसँगै सर्वोच्च प्रशासन, न्यायाधीशहरु र बारका पदाधिकारीबीच छलफल तिब्र भईरहेको छ । प्रधानन्यायाधीशको सरकारी निवास बाहिर सुरक्षाकर्मीको बाक्लो उपस्थिती रहेको छ भने सर्वोच्च परिसरमा पनि ठुलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

आफु अदालत फर्कनेबारेमा स्वयंले सर्वोच्चका कामु मुख्य रजिष्ट्रार नारायण पन्थीलाई फोन गरेर नियमित काममा फर्कन लागेकाले आवश्यक तयारी गर्न निर्देशन दिएको स्रोतले बताएको छ ।

प्रतिनिधि सभाको कार्यकाल हिजै समाप्त भएकाले महाभियोगका सम्बन्धमा संसदमा छलफल र मतदान हुन सकेन ।

महाभियोग लगाउने संसद र सांसद नै नरहेको अवस्थामा महाभियोग स्वतः निस्कृय हुने कतिपय कानुन व्यवसायीको जिकिर छ भने कतिपयले अर्को संसदले महाभियोगका विषयमा निर्णय गर्ने बताइरहेका छन् ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button