समाचार

पछिल्लो २४ घण्टामा ३६ सय २० जना निको भए-Goodnews24

Gobal IME Bank

काठमाडौं १६- आज ३६ सय २० जना संक्रमण मुक्त भई डिस्चार्ज भएका छन् । हालसम्म एक लाख ३४ हजार आठ सय ४२ जना संक्रमित निको भइसकेका छन्। मन्त्रालयका अनुसार निको हुने प्रतिशत ७७.७ छ । हाल सक्रिय संक्रमित ३७ हजार सात सय ६५ जना छन् । संक्रमित मध्ये दुई सय ८३ जनाको आइसियू र ७८ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनु भएको छ । त्यसैगरी पछिल्लो २४ घण्टामा देशभर थप २८ सय २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो अवधिमा १३ हजार २३ जनाको नमुना परीक्षण गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आजसम्म देशभर संक्रमित हुनेको संख्या एक लाख ७३ हजार पाँच सय ६७ पुगेको छ।

यो पनि पढ्नुहोस् ..
[irp posts=”3415″] [irp posts=”3558″] [irp posts=”3605″] [irp posts=”6152″] [irp posts=”6192″] [irp posts=”6588″]

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button