समाचार

देशभर निको हुनेको संख्या ४० हजार ६३८-GoodNews24

Gobal IME Bank

काठमाडौं– पछिल्लो २४ घण्टामा १ हजार ६२ जना संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन्। यस्तै कोरोनाबाट अहिले सम्म देशभर निको हुनेको संख्या ४० हजार ६३८ पुगेको छ । देशभरका आईसीयूमा १७४ जना संक्रमित उपचाररत छन् भने भेन्टिलेटरमा २८ जना छन्। देशभर अहिले ७ हजार २५० जना क्वारेन्टिनमा छन्। मंगलबार देशभर १४ सय ५९ जना कोरोना संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा १० हजार ३७५ जनाको पीसीआर परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो। याे सँगै संक्रमितकाे कुल संख्या ५६ हजार ७८८ पुगेकाे छ। यी मध्ये ४० हजार ६३८ जना संक्रमण मुक्त भएका छन् भने ३७१ जनाकाे मृत्यु भएकाे छ। मंगलबारको दिनमा सक्रिय संक्रमित १५ हजार ७७९ जना छन्। देशभरका संस्थागत आइसोलेसनमा ८ हजार १३९ जना छन् भने होम आइसोलेसनमा ७ हजार ६४० जना छन्।

यो पनि पढ्नुहोस् ..
[irp posts=”3415″] [irp posts=”3558″]

[irp posts=”3605″]

[irp posts=”6152″]

[irp posts=”6192″]

[irp posts=”6588″]

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button