समाचार

सीपीसीका प्रमुख लिउ आज प्रचण्ड र ओलीलाई भेट्दै -Good News 24

Gobal IME Bank

२७ असार, काठमाडौं । नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियानचाओले आज प्रमुख राजनीतिक दलका प्रमुखहरुलाई भेट गर्दै छन । आज नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसंग भेटवार्ता गर्दैछन् । उनले प्रचण्डसँग अपराह्न चार बजे खुमलटारस्थित निवासमै पुगेर भेटवार्ता गर्ने कार्यक्रम छ ।
साथै एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल लगायतसँग पनि भेट्ने कार्यक्रम छ ।
सीपीसीका विदेश विभाग प्रमुख जियानचाओ आइतबार बिहान काठमाडौं आएका थिए । उनको सम्मानमा परराष्ट्रमन्त्री खड्काले आइतबार बेलुकी रात्रिभोज आयोजना गरेका थिए । त्यस्तै लिउ मंगलबार राष्ट्रपति बिद्या भण्दारीसंगको भेट पछि स्वदेश फर्कने छन ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button