समाचारसूचना प्रविधि

कसरी बच्ने साइबर बुलिङबाट ? पढ्नुहोस्….

Gobal IME Bank

एजेन्सी । अहिलेको आधुनिक समयमा इन्टरनेटले हाम्रो जीवनलाई निकै सरल र सहज बनाएको छ, तर व्यक्तिगत जीवनमा पनि यसको हस्तक्षेपले धेरै कठिनाई र जोखिमहरु बढाएको छ । सामाजिक सञ्जालले धेरैको जीवनमा हानी पुर्याएको छ । विद्यालयका बालबालिका र युवाहरू इन्टरनेटको हस्तक्षेपले सबैभन्दा बढी समस्यामा परेका छन् । साइबर बुलिङ इनटरनेटमा हुने अपराध मध्ये एक हो । ५ वर्ष भित्र साइबर अपराधका १६ हजार ६ सय ७० उजुरी, जसमध्ये ३ सय ४८ वटा मात्रै विद्युतीय कारोबार ऐनअन्तर्गत मुद्दा दर्ता भएर न्यायिक प्रक्रियाका लागि अदालत पठाइएका छन् ।

साइबर बुलिङ भनेको के हो ?

साइबरबुलिङ भनेको इलेक्ट्रोनिक र इन्टरनेटको माध्यमहरू प्रयोग गरेर जथाभावी गालीगलौच गर्ने, कमेन्ट गर्ने, हिंसात्मक,यौनजन्य र घृणायुक्त टिप्पणी र कमेन्टहरु गर्ने धम्की वा उत्पीडन गर्नुलाई भनिन्छ। साइबर बुलिङ मेसेज,विभिन्न एप वा अनलाइन सोशल मिडिया, गेमिङ इत्यादि माध्यमबाट हुने गर्छ।

साइबरबुलिङले अरू कसैको बारेमा नकारात्मक, हानिकारक, गलत, वा खराब सामग्री पठाउने, पोस्ट गर्ने वा साझेदारी गर्ने कार्यहरुलाई समावेश गर्दछ। साइबरबुलिङ भन्नाले अरू कसैको बारेमा व्यक्तिगत वा निजी जानकारी साझा गर्नु हो । केही साइबर बुलिङले अवैध वा आपराधिक व्यवहारहरुको सीमा पार गर्ने गर्छ।

साइबर बुलिङको घटना अहिले दिन प्रतिदिन व्यापक रुपमा बढ्दै गएको छ, पब्लिक फिगरका साथै किशोरकिशोरीहरुले पनि यो समस्या भोग्दै आएका छन् । कसैले इन्टरनेट र सोसल मिडिया साइटहरूमा अर्को व्यक्तिलाई धम्की दिने वा उत्पीडन गर्ने कारणले मानसिक रुपमा नराम्ररी असर गरिरहेको छ। यसका कारण साइबर बुलिङ खेपिरहेको मानिसहरु तनावमा रहन्छन्, र उनीहरुमा मानसिक रुपमा नराम्रो असर परिरहेको हुन्छ। कतिपय समय साइबर बुलिङको कारणले मानिसहरु आत्महत्या गर्न समेत बाध्य हुन्छन् ।

साइबरबुलिङ एक व्यापक अनलाइन घटना हो जहाँ पब्लिक फिगर , बच्चा, किशोर वा किशोरलाई जानाजानी लक्षित गरी इन्टरनेटको प्रयोग मार्फत अपमानित, यातना वा धम्की दिने, उनीहरुको बारेमा नराम्रो कमेन्ट गर्ने गरिन्छ ।

साइबर बुलिङबाट कसरी बच्ने ?

१) बेवास्ता गर्नुहोस्

फेसबुक, इन्सट्राग्राम वा टिकटक वा अन्य कुनै पनि सामाजिक सञ्जालमा कमेन्ट वा मेसेज मार्फत यदि कसैले दुर्व्यवहार गरिरहेका छन् भने, यसलाई बेवास्ता गर्नुहोस्। साइबर बुलिङबाट बच्ने यो एक तरिका हो।यस्ता व्यक्तिहरुलाई बेवास्ता गर्यो भने केही समयपछि आफै थकित भएर चुप लाग्छन् ।

२) फेसबुकमा रिपोर्ट गर्नुहोस्

यदि तपाईंले फेसबुकमा साइबर बुलिङ भइरहेको कुनै टिप्पणी, पोस्ट, फोटो वा भिडियो देख्नुभयो भने फेसबुकमा रिपोर्ट गर्न सक्नुहुन्छ।

फेसबुकको पोस्टके ३ बिन्दु मेनुमा क्लिक गरेर र दुरुपयोग विकल्प चयन गरेर रिपोर्ट गर्न सकिन्छ। यसो गर्दा फेसबुकको टोलीले उक्त सामग्री वा व्यक्तिको खाता निलम्बन गर्नेछ। तपाईले अन्य सोशल मिडिया साइटहरू जस्तै ट्विटर, इन्स्टाग्राममा पनि रिपोर्ट गर्न सक्नुहुन्छ।

३) कानूनी कारबाही लिनुहोस्

यदि कसैले इन्टरनेटमा तपाईसँग दुरव्यवहार गरिरहेको छ भने, उक्त व्यक्ति प्रति कानुनी कारबाही अगाडी बढाउन सक्नुहुन्छ। यसका लागि उसको म्यासेज, फोटो वा भिडियो स्क्रिनसट गरी नजिकको प्रहरी चौकीमा एफआईआर दर्ता गर्नुहोस्।

यसको अलावा इन्टरनेट कम्पनीले पनि यस मामलामा गम्भिरतापुर्वक समाधान गर्न थाल्नु पर्छ । सानो समस्या जस्तो लाग्ने साइबर बुलिङको कारण धेरै मानिसहरु डिप्रेसनको शिकार भइरहेका छन् भने कतिपय किशोरकिशोरीहरुले आत्महत्याको बाटो रोज्ने गर्छन् । त्यसैले यो समस्याको समाधान गर्न सरकारले पनि कानुनी प्रक्रिया बनाउनु आवश्यक छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button