समाचार

थारुवास–ढाडखोलाको सडक कालोपत्रे शुरु-Goodnews24

Gobal IME Bank

दमौली- तनहुँको बन्दीपुर गाउँपालिकाको डुम्रेदेखि बुद्धसिंह मार्गको घुमाउने जोड्ने थारुवास–ढाडखोलाको सडक कालोपत्रे शुरु गरिएको छ। गण्डकी प्रदेश सरकारको सहयोगमा बन्दीपुर गाउँपालिका–२ स्थित थारुबासमा कालोपत्रे शुरु गरिएको हो । प्रदेश सरकारको रु ५० लाखको सहयोगमा ६ सय मिटर सडक कालोपत्रे शुरु गरिएको हो भने नाला निर्माण सम्पन्न भइसकेको बन्दीपुर ढाडखोला मोटरमार्ग उपभोक्ता समितिका अध्यक्ष सुदिन पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार एक साताभित्र कालोपत्रे निर्माण सम्पन्न हुनेछ ।

सडक कालोपत्रे नहुँदा वर्षामा हिलाम्ये र हिउँदमा धुलाम्ये समस्या रहँदै आएको छ । सोही सडक खण्डमा थप १ हजार ५ सय मिटर सडक कालोपत्रेको काम शुरु गरिनेछ । त्यसका लागि बोलपत्र सम्पन्न भइसकेको र सडक कालोपत्रेको ठेक्का दमौलीस्थित डायमन्ड कन्स्ट्रक्सन प्रालिले पाएको छ । सङ्घीय सरकारमार्फत् विनियोजित रु एक करोड ७० लाखको लागतमा उक्त खण्ड कालोपत्रे गरिनेछ ।
सोही खण्डमा केही समय अगाडी मात्रै रु दुई करोडको लागतमा नयाँ ट्रयाक खोलिएको छ । उक्त खण्डमा रहेको पहाड फोरेर तीन किमि नयाँ ट्रयाक खोलिएको अध्यक्ष पौडेलले जानकारी दिनुभयो । “पहरा भएको ठाउँ फोरेर नयाँ ट्रयाक बनाइसकेका छौ, त्यस खण्डमा पनि निकट भविष्यमै सडक कालोपत्रे गरिने र घुमाउनेसम्मकै सडक कालोपत्रे गर्ने योजना छ,” उहाँले भन्नुभयो, “त्यसपछि यहाँका जनातालाई आवतजावतमा सहज हुन्छ ।”बन्दीपुरको डुम्रेदेखि घुमाउनेसम्म सडक कालोपत्रे भएपछि तनहुँ, लमजुङ, गोरखा लगायतका जिल्लाका बासिन्दालाई नारायणगढ जान सहज हुन्छ । सोही खण्डमा यस अगाडी नै बन्दीपुर गाउँपालिकाको बजेटमा एक हजार दुई सय ७० मिटर सडक कालोपत्रे भइसकेको छ ।

यो पनि पढ्नुहोस् ..
[irp posts=”3415″] [irp posts=”3558″] [irp posts=”3605″] [irp posts=”6152″] [irp posts=”6192″] [irp posts=”6588″]

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button