समाचार

दीप प्रज्ज्वलन-GoodNews24

Gobal IME Bank

काठमाडौँ, ९ असोज: असुरक्षित गर्भपतनका कारणले मृत्यु भएका महिला तथा किशोरीको सम्झनामा भर्चुअल माध्यमबाट दीप प्रज्वलन गरिएको छ । प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समिति सभापति जयपुरी घर्तीले आज साँझ दीप प्रज्ज्वलनको शुभारम्भ गर्नुहुँदै संविधानमा मौलिक हकका रुपमा संविधानसभाबाट २०७२ साल असोज ३ गते जारी भएको नेपालको संविधानको धारा ३८ ९२० मा महिलाको सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकारलाई मौलिक अधिकारका रुपमा सुनिश्चित गरिएपछि महिलाले असुरक्षित रुपमा गर्भपतन गराउनुपर्ने अवस्था नरहेको बताउनुभयो । मौलिक हक कार्यान्वयनका लागि ऐन समेत बनिसकेकाले कार्यान्वयनमा अझै सहज हुने उहाँको विश्वास थियो ।

कार्यक्रममा राष्ट्रिय महिला आयोगका सचिव शान्ता भट्टराई अधिकारीले कानूनी व्यवस्था भएपनि सबैले थाहा नपाउँदा असुरक्षित रुपमा गर्भपतन गराउनेको सङ्ख्या अझै उल्लेख्य रहेकाले सबै मिलेर जागरण फैल्याउनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा परिवार कल्याण महाशाखाका डा पुण्या पौडेलले विसं २०५८ असोज १० गते मुलुकी ऐन ९एघारौँ संशोधन० संसद्ले पारित गरी सुरक्षित गर्भपतनको व्यवस्था भएपछि सुरक्षित गर्भपतन गराउन सकिने व्यवस्था रहेको बताउनुभयो ।

सोही दिनको सम्झनामा प्रत्येक वर्ष असोज १० गते सुरक्षित गर्भपतन सेवा दिवस मनाउन थालिएको छ । यस वर्ष दिवसको नारा ‘सुरक्षित गर्भपतन सेवाप्रतिको हाम्रो प्रतिबद्धता, कोभिड–१९ को महामारीमा पनि सेवाको सुनिश्चितता’ तय गरिएको छ । यो दिवस शनिबार तीनै तहका सरकारले विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरी मनाउने जनाइएको छ ।
–––

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button