मुख्य समाचारशिक्षा स्वास्थसमाचार

मेयर बालेनलाई आग्रह: ‘कोहि त आउनुपर्यो, जनतालाई बचाउन’ – डा. रवीन्द्र पाण्डे – Good News 24

Gobal IME Bank

काठमाडौं । जनस्वास्थ्य विज्ञ डा. रविन्द्र पाण्डेले लामखुट्टे “ खोज र नष्ट ग़र “ अभियान सुरू गर्नुपर्ने बताउनुभएको छ ।

उहाँले पछिल्लो समय डेंगीको महाप्रकोप आईपरेको र त्यसलाई न्युनिकरण गर्नुपर्ने भन्दै काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेन लाइ आग्रह गर्नुभएको छ । डेंगीको महाप्रकोपबाट बच्नलाई टोलटोलका खाल्डा पुर्नुपर्ने, टोलटोलमा डिडिटि, मालाथिन छर्नुपर्ने जस्ता अभियान संचालन गर्नुपर्ने पनि बताउनुभएको छ ।

उहाँले सामाजिक सञ्जालमा लेख्दै भन्नुभएको छ, ” प्रिय बालेन,
संघिय र प्रदेश सरकारले डेंगीको महाप्रकोपमा कानमा तेल हालेर बसे। जनता सिटामोल समेत नपाएर आक्रान्त छन्। घरघरमा डेंगीको अथाह पीडा छ। वडाहरू निकम्मा भए।
लामखुट्टे “ खोज र नष्ट ग़र “ अभियान सुरू गर। टोलटोलका खाल्डा पुर। टोलटोलमा डिडिटि, मालाथिन छर। घरघरमा फगिंगको अभियान संचालन गर।
हरेक पार्टीका स्वास्थ्य विभाग र युवा संगठनलाई जनताको मतलव भएन। स्वास्थ्य मन्त्रालय निकम्मा भयो।
कोहि त आउनुपर्यो, जनतालाई बचाउन।”

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button