समाचार

देउसी भैलोलाइ ५१ रूपैया भन्दा बढि दान दिन नपाउने

Gobal IME Bank

deusi bailo in nepal- goodnews

कात्तिक १०, सुर्खेत । तिहारमा अनेक बाहना बनाउदै चर्को चन्दा उठाउने प्रवृतिलाई निरुत्साहित गर्न देउसी भैलो दानमा ५१ रुपैया भन्दा बढि नदिन सम्पुर्ण वडावासीमा अनुरोध गर्दै सुचना प्रकाशित गरेको छ । सुन्दा अलि अचम्म खालको सुचना लागे पनि चाडपर्वमा जथाभावी दान उठाउने प्रवित्तिलाई घटाउन यस्तो कदम चालिएको हो । कर्णाली प्रदेश, सुर्खेत जिल्ला देखि पुर्व क्षेत्रमा अवस्थित गुर्भाकोट नगरपालिका वडा न. ८ मा  देउसी भैलोको नाममा बिभिन्न प्रयोजन भन्दै गाउलेहरुबाट पैसा असुल्ने र उक्त जम्मा भएको पैसा कुनै उचित कार्यमा सदुपयोग नभई वन-भोज, पिकनिक जस्ता अनावश्यक रमाइलोमा खर्च हुने भएकाले यस्तो सुचना निकालिएको छ । समाजमा भएका विकृतिलाइ रोक्न यो एउटा प्रयास गरिएको हो भनि गुर्भाकोट नगरपालिका वडा न. ८ मेहेकुलुनाका अध्यक्ष चित्र बहादुर रेग्मीले गूडन्युजलाई जानकारी दिनुभएको छ साथै उक्त वडा संगै अन्य सबैले पनि यसको अनुसरण गर्नु पर्ने कुरामा जोड दिनुभएको छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button