गुड न्यूज 24मुख्य समाचारसमाचार

वचनका पक्का मेयर साम्पाङः धरानमा पानी ल्याउन सफल (फोटोफिचर) – Good News 24

Gobal IME Bank
photos : Neerazey Shrestha Photography

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले अन्ततः धरान बजारमा पानी ल्याउन सफल हुनुभएको छ । मेयर साम्पाङले स्थानीय तह निर्वाचनको बेला नै आफ्नो प्रमुख उदेश्यको रुपमा धराने जनतालाई पानीको सुविधा दिलाउने अठोटका साथ कस्सिनुभएको थियो ।

जसअनुरुप मेयर साम्पाङ अन्ततः आफ्नो अठोटमा उतिर्ण हुनुभएको छ । मेयर साम्पाङले धरानमा पानीको समस्या समाधान गर्न खर्दु र निशाने खोलाको पानी भदौ १२ गते ल्याउनुभएको हो । धरान ल्याइएको पानीको फोहोराको भिडियो सामाजिक सञ्जालमा पोष्ट गर्दै मेयर साम्पाङले खुसी साट्नुभएको छ । ‘खर्दु र निशानेलाई मात्रै जोडेका छौं, सर्दु जोड्न बाँकी छ,’ उक्त भिडियोसँगै उहाँले लेख्नुभएको छ, सर्दुसँग त झन् ठूलो आउने छ फोहोरा ।’

उक्त भिडियोमा मेयर साम्पाङसहित धरानवासी पानीको फोहोरामा भिज्दै गरेको देखिन्छ । मेयर साम्पाङ सामाजिक सञ्जालमा पनि निकै सक्रिय देखिनुहुन्छ । उहाँ हरेक आफ्ना दैनिक कार्ययोजनाहरु पनि सामाजिक सञ्जालमार्फत नै जनतालाई अवगत गर्न रुचाउनुहुन्छ ।

मेयर साम्पाङ आफै पनि खानेपानी ल्याउनको लागि खोलामै पुगेर श्रमदान गर्नुहुन्थ्यो । त्यतीमात्रै नभई उहाँले विभिन्न क्षेत्रका नागरिकहरुलाई पनि खानेपानी ल्याउनको लागि श्रमदान गर्न बारम्बार आग्रह समेत गर्नुहुन्थ्यो ।

Photos : Neerazey Shrestha

 

 

यो पनि पढ्नुहोस् ….

युवा अवस्थामा सकारात्मक र उत्साहित रहने ७ उपायहरू पढ्नुहोस्

बुवा र छोराको सम्बन्ध निर्माणमा ध्यान दिनु पर्ने कुराहरु

दुखी हुनुहुन्छ ? यस्तो गर्नुहोस् सधै खुशी मिल्नेछ

घरेलु महिलाले सिक्नै पर्ने केही सीपहरु पढ्नुहोस्

 

कस्तो किसिमको व्यक्ति तपाईंको खास साथी हो ? ७ तरिकाबाट चिन्नुहोस्

युटुब हेर्दै मुगुका एक युवकले कपाल काट्न सिके, मासिक ३० हजार आम्दानी

 

गुड न्यूज 24 
www.goodnews24.com
Good News Media 

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button