समाचार

अस्तब्यस्त काठमाडौं र खुला ठाउँ (फोटोफिचर) – Good News 24

Gobal IME Bank

काठमाडौं । काठमाडौंमा टहलिनको लागि खुला ठाउँको अभाव छ । उपत्यका भित्र यस्ता सायदै ठाउँ होलान जहाँ केही समयका लागि टहलिन मिल्ने ठाउँ छन । काठमाडौं बस्तीहरुले भरिएको शहर हो । मानिसको भीड र अव्यवस्थित बसोवास । जसका कारण खालि ठाउँ प्रायः शुन्य छ । खुला ठाउँको अभाव काठमाडौं उपत्यकाभर नै छ ।

यसको मुद्दा बेलाबेलामा नउठेको पनि होइन । तर समस्या पनि ज्यूँ का त्यूँ छ । समस्या समाधानको बुटी फेला पर्न सकेको । खालि ठाउँ हुनुपर्छ भन्ने पाठ त हामीलाई वि.सं. २०७२ सालको भूकम्पले पनि सिकाएर गएको छ । तर गएको कुराको वास्ता गरेको सम्बन्धित पक्षबाट पाइँदैछ । काठमाडौं उपत्यकामा खुला ठाउँ नभएका होइनन तर बिस्तारै हराउँदै र मेटिँदै गएका छन । खुला ठाउँ कसले गायब बनायो यो सोधको विषय बन्नसक्छ ।

टुँडिखेल, रत्नपार्क, तीनकुनेको घाँसे मैदान, सिफल चौर, पुल्चोकको मद स्मारक, पशुपति मन्दिर परिसर, लगनखेलको सप्तपाल पोखरी, गोदावरीस्थित बोटानिकल गार्डेन, भृकुटीमण्डपस्थित टहरा, चापागाँउको बज्रवाराही क्षेत्र खुला ठाउँ थिए कुनै बेलामा । तर आज यी कुनैपनि ठाउँ खुला छैनन ।

 

अतिक्रमण, व्यवसायिक प्रयोजकनले सबै खुला ठाउँ मासिएका छन । बालबालिकालाई रमाउन, वृद्धवृद्धाका लागि टहलिन र युवापिढीका लागि थकान मेटाउने यस्ता ठाउँको अभाव दिनप्रतिदिन मेटिँदै छ । खालि भएका स्थानको पनि पुनःनिर्माण हुन नसक्दा अस्तव्यस्त बनेका छन ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button