शिक्षा स्वास्थसमाचार

शरीरले कुन समयमा पानी बढी खोज्छ ?

Gobal IME Bank

एजेन्सी । हाम्रो शरीर ७५ प्रतिशत पानी र २५ प्रतिशत मांसपेशी, हड्डी र छाला इत्यादिले बनेको हुन्छ । शरीरमा विभिन्न कार्य गर्नको लागि पानीको प्रयोग हुन्छ । सास फेर्दा हाम्रो शरीरले डेढ ग्लास पानीको प्रयोग गर्छ भने वेस्टेज फिल्टर गर्न, फ्ल्युड सन्तुलन गर्न, ब्लड प्रेसर रेगुलेट गर्न, भिटामिन सन्तुलन गर्न र मिनरल्स र अरु किड्नी सम्बन्धित कार्यहरुको लागि ५ ग्लास भन्दा बढि पानीको प्रयोग हुन्छ ।

हरेक दिन पर्याप्त पानी पिउनु स्वास्थ्यको लागि लाभदायक हुन्छ । पानीको कमीको कारण कब्जियत र मिर्गौलामा पत्थरी हुने जस्ता स्वास्थ्य समस्या पनि हुन सक्छ। पानीमा कुनै क्यालोरी हुँदैन, त्यसैले यसले शरीरको तौल व्यवस्थापन गर्न र क्यालोरीको मात्रा घटाउन पनि मद्दत गर्छ। पानीले शरीरलाई सामान्य तापक्रममा राख्न मदत गर्छ, स्पाइनल कर्ड र अन्य संवेदनशील तन्तुहरूलाई पनि स्वस्थ राख्नको लागि मद्दत गर्छ ।

कुन समयमा शरीरले पानी बढी खोज्छ?
१) गर्मी महिनामा
२) बिहान
३) दिउसो
४) पखाला र वान्ता भएको समयमा
५) शारीरिक रुपमा सक्रिय भएको समयमा
६) ज्वरो आउँदा

दैनिक तरल पदार्थ भएको खाना, सादा पिउने पानी, र अन्य पेय पदार्थहरूको सेवनलाई कुल पानीको मात्राको रुपमा बुझिन्छ। उमेर, लिंग, गर्भावस्था स्थिति र स्तनपान स्थिति अनुसार दैनिक पानी सेवन गर्ने मात्रा व्यक्ति अनुसार फरक फरक हुन्छ। हामीले दैनिक ८ ग्लास पानी पिउनु पर्छ भन्ने पक्कै पनि सुनेको छौ तर कोहि मानिसको लागि ८ ग्लास भन्दा कम पानि पनि पर्याप्त हुन्छ भने व्यायाम वा विभिन्न कार्य गर्दा पसिना निस्किन्छ यस्ता व्यक्तिहरुले भने ८ ग्लास भन्दा बढी पानि सेवन गर्नु पर्छ । तापक्रम धेरै भएको ठाँउ बस्ने व्यक्तिहरु, गर्भवती महिला र ब्रेस्ट फिडिङ गर्ने महिलाहरुले पनि ८ ग्लास भन्दा बढी पानी पिउनु पर्छ ।

हाम्रो शरीरमा धेरैजसो तरल पदार्थको आवश्यकता हामीले पिउने पानी र अन्य पेय पदार्थहरु मार्फत पूरा हुन्छ। हामीले खाने फलफूल र तरकारीहरूमा पाइने पानी मार्फत पनि शरीरमा तरल पदार्थ प्राप्त गर्न सकिन्छ। पिउने पानी शरीरमा तरल पदार्थ प्राप्त गर्ने एक राम्रो माध्यम हो किनकि यसमा शून्य क्यालोरी हुन्छ।

गर्मीमा शरीर डिहाइड्रेट हुनबाट बच्नको लागि साथमा पानीको बोतल बोक्ने र पानी खाइरहने गर्नु पर्छ, चिनीयुक्त पेय पदार्थ कम खाने र पानीको मात्रा बढाउने।बाहिर खाना खाँदा खाना भन्दा बढी पानी पिउने। पानीमा कागती मिसाउने, यसले पानीको स्वाद फरक पर्छ। आफ्ना बच्चाहरुले पर्याप्त पानी खाई रहेका छन् की छैनन् त्यसमा पनि ध्यान दिने।

पानी मात्रै पिउन मन नभए त्यसको विकल्पमा फ्रेस जुस पनि पिउन सकिन्छ । कम वा क्यालोरी नभएको पेय पदार्थ सादा कफी वा चिया, स्पार्कलिङ्ग वाटर, सेल्टजर र स्वादयुक्त पानी कम क्यालोरी भएको तरल पदार्थ हुन् जुन स्वस्थ समेत हुन्छन्।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button