समाचार

शहरी खानेपानी आयोजनालाई तीव्रता-Goodnews24

Gobal IME Bank

काभ्रेपलाञ्चोक- पाँचखाल शहरी खानेपानी तथा सरसफाइ आयोजनाले तीव्रता पाएको छ । कोरोना सङ्क्रमणको उच्च जोखिमका कारण सम्झौतापछि केही समय धकेलिएको आयोजनाको कामले हाल तीव्र गति पाएको हो ।

पाँचखाल नगरपालिकाका १० वडाका सात हजारलाई खानेपानी पु¥याउने लक्ष्यका साथ हाल आयोजना कार्यान्वयनको चरणमा रहेको छ । आयोजना कार्यान्वयनका लागि निर्माण कम्पनीसँग गत असार १६ गते खानेपानी तथा ढल व्यवस्था विभाग, नगर विकास कोष, नगरपालिका तथा उपभोक्ता समितिबीच अढाई वर्षमा निर्माण कार्य सक्ने सम्झौता भइसकेको छ । आयोजनाको काम नेपाली कम्पनी कन्काई विल्डर्स र चिनियाँ कम्पनी हुवाछे (ज्वाइन्ट भेन्चर)ले सम्पन्न गर्नेछ ।

परियोजनाको २०७६ साल भदौ १२ गते तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाको उपस्थितिमा खानेपानी आयोजनाअन्तर्गत शहरी खानेपानी तथा सरसफाइ (क्षेत्रगत) आयोजना, नगर विकास कोष, नगरपालिका र खानेपानी उपभोक्ताबीच सम्झौता गरिएको थियो ।

आयोजना कार्यान्वयनको प्रारम्भिक चरणको काम भइरहेको आयोजना निर्देशक रामकुमार श्रेष्ठले बताउनुभयो । उहाँले खानेपानी आयोजनाको सरोकारवाला पक्षका इन्जिनीयरले संयुक्त रुपमा सम्पूर्ण सर्वेको कामको प्रक्रिया थालिएको, विभिन्न स्थानको निर्माण सामग्रीको प्रयोगशाला परीक्षण भइरहेको र अढाई वर्षको ‘वर्क प्लान’ बनिरहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “निर्धारित समयसीमाभन्दा पहिल्यै काम सक्ने गरी सरोकारवाला सबैको परिचालन भइरहेको छ ।”

श्रेष्ठले कोरोना भाइरसको सङ्क्रमणको जोखिमका कारण मजदूरको स्वास्थ्य–सुरक्षासहित आवास तथा दैनिक स्वास्थ्य जाँचको प्रबन्ध गर्न तथा भौतिक दूरी कायम गरी निर्माण कार्य थाल्न आयोजना र निर्माण कम्पनीसँग छलफल भइरहेको बताउनुभयो । “कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिमबीच मजदूरको स्थानान्तरणका लागि विशेष पहल भइरहेको छ”, उहाँले भन्नुभयो ।

उक्त खानेपानी आयोजना रु दुई अर्ब २१ करोडको लागतमा अढाई वर्षमा निर्माण सम्पन्न गरिने लक्ष्य लिइए पनि निर्माण कम्पनीले रु एक अर्ब ३४ करोड ६६ लाखमा सक्ने जनाएको छ । हाल कार्यान्वयनको चरणमा रहेका आयोजनाअन्तर्गत नेपालमा सञ्चालित खानेपानी योजनामध्ये पाँचखाल–सुनकोशी–पाँचखाल बृहत् खानेपानी सबैभन्दा मानिएको छ ।

आयोजना सम्झौताको सर्तअनुसार कूल योजनाको पाँच प्रतिशत अर्थात् रु ११ करोड पाँच लाख उपभोक्ताले जम्मा गरिसकेका छन् । जसअनुसार पाँचखालका प्रतिउपभोक्ता परिवारले खानेपानी परियोजनाको बैंक खातामा रु १८ हजार जम्मा गरेका हुन् । खानेपानी व्यवस्थापनका लागि भुम्लु गाउँपालिका–१० स्थित इन्द्रावती नदी किनारमा इनार तथा लिफ्टिङ प्रविधि निर्माणका लागि सडक पु¥याउन पाँचखाल नगर कार्यालयद्वारा सर्वेको काम भई मूल र रिजर्भ ट्याङ्कीसम्म पहुँचमार्गको काम भइरहेको उपभोक्ता समितिका अध्यक्ष कुमार लामिछानेले बताउनुभयो ।

यो पनि पढ्नुहोस् ..
[irp posts=”3415″] [irp posts=”3558″] [irp posts=”3605″] [irp posts=”6152″] [irp posts=”6192″] [irp posts=”6588″]

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button