गुड न्यूज 24मनोरञ्जनशिक्षा स्वास्थ

दुबई मा भुलेर पनि गर्न नहुने गल्तीहरू – GoodNews24

Gobal IME Bank

कुनै पनि देश जादा त्यहाँको बारे राम्रो संग बुझेर जादा सम्भावित समस्याबाट बच्न सकिन्छ । यदि तपाइँ दुबई घुम्न जादै हुनुहुन्छ या त दुबईमा काम गर्नको लागि जादै हुनुहुन्छ भने त्यहाँ के गर्नु हुन्छ के गर्नुहुन्न त्यो थाहा पाउनु जरुरी छ । दुबईमा के कुराको अनुमति छ के कुराको अनुमति छैन ,यसको बारे केहि जानकारी दिनेछौ ।

– विवाह नगरी कुनै केटा वा केटि संगै बस्नु दुबईमा अपराध हो यो भुल भुलेर पनि नगर्नुहोस ।

– दुबई एक शान्त शहर हो यहाँ कोहि ठुलो आवाजमा समेत कुरा गर्दैनन् त्यसैले कसैसंग पनि झगडा या ठुलो आवाजमा कुरा नगर्नुहोस ।
दुबईमा बस्नेहरु गाडिमा हर्न समेत बजाउदैनन किनकि त्यहाँका व्यक्ति हर्न बजाउनु अरुलाई गाली गर्नु सरह सम्झिन्छन ।

– दुबईमा जहाँतहिँ सिसि टिभी लगाइएको हुन्छ त्यसैले त्यहाँ केहि पनि चोरी नगर्नु चाहे त्यो जति सुकै सानो चिज किन नहोस ।

– जेब्रा क्रस बाहेक अन्त कहिँबाट बाटो नकाट्नुहोस त्यहाँ दुबई पुलिस सिभिल ड्रेसमा हुन्छन यसो गर्दा पक्रिएमा तपाइले २०० दिराम जरिवाना तिर्नु पर्ने हुन्छ । जबसम्म तपाइले २०० दिराम तिर्नुहुन्न तवसम्म तपाइँ दुबई छोड्न सक्नुहुन्न ।

– डस्बिन वाहेक अन्त कहीं पनि फोहोर नफ़्याक्नुहोस ।

– दुबईमा कसैले कसैको सामान लिदैनन किनकि यहाँ हरेक कुराको निगरानी सिसि टिभि मार्फत गरिन्छ त्यसैले बाटोमा भेटिएको कुनै पनि चिज नउठाउनुहोस त्यसबाट केहि चिज हराएएमा चोरीको आरोप लाग्न सक्छ ।

– अनलाइन साइटबाट या त मोबाइलमा डाउनलोड गरिएको एडल्ट फिल्म ( पोर्न ) हेर्ने धेरैको बानी हुन्छ जुन तपाइँ दुबईमा गर्न सक्नुहुन्न यसको लागि दुबईमा धेरै कडा कारवाही हुन्छ ।

– लोकेसन चेन्ज गर्ने मोबाइल एप VPN प्रयोग नगर्नुहोस साथै मोबाइल कल रेकर्ड एप प्रयोग गर्नु पनि यहाँ गैरकानुनी मानिने भएकाले प्रयोग नगर्नुहोस ।

– यदि दुबईमा ड्राइभ गर्दै हुनुहुन्छ भने कहिल्यै सिग्नल नतोड्नुहोस यो गल्ति गरे वापत तपाइले निकै ठुलो जरिवाना तिर्नुपर्ने हुन्छ । यदि तपाइले तोकिएको गति भन्दा बढिमा गाडी हाक्नु भयो भने सिसि टिभीले तपाइको गाडि निगरानी गरिरहेको हुन्छ र जरिवाना सिधै तपाइको बैंक खाताबाट असुल हुन्छ ।

– यदि बाटोमा कुनै दुर्घटना देख्नु भयो भने घाइतेलाइ अस्पताल लागि हाल्ने हाम्रो चलन छ तर यसो तपाइँ दुबईमा गर्न सक्नुहुन्न यसको लागि अलग इमर्जेन्सी सर्भिस हुन्छ यो सब उनीहरुले नै गर्छन ।

– इद पर्वको बेला दुबईमा खुला रुपमा खान मनाही छ त्यसैले इदको बेला बाहिर अरुले देख्ने गरि कुनै पनि चिज खाने या पानी पिउने नगर्नुहोस ।

– सार्वजनिक ठाउँमा हात समाउने चुम्वन गर्ने अंकमाल गर्ने यी सब कुरा दुबईमा निषेधित छन् यस्तो कुनै प्रकारको गल्ति नगर्नुहोस सजायको भागेदार बन्नुहुनेछ ।

– सार्वजनिक ठाउँमा नाच्न
दुबईमा बार र नाइटक्लबहरू छन्, तर यहाँको नियमले भन्छ कि तपाईंले सार्वजनिक नाच्नु अपराध हो । “नृत्य तपाईको घरभित्र वा लाइसेन्स प्राप्त क्लबहरूमा मात्र अनुमति छ,” । दुबईको आचार संहिताले भन्छ कि सार्वजनिक ठाउँहरू, जस्तै समुद्र तट, पार्क र आवासीय क्षेत्रहरूमा नाच्न र ठूलो आवाजमा संगीत बजाउनु गैर कानुनी हो । दुबईमा यसलाई “अभद्र र उत्तेजक” क्रियाकलापको रूपमा वर्गीकृत गरिएको छ।

– दुबईमा सहमति बिना सार्वजनिक रूपमा त्यहाँकि स्थानीय महिलाको तस्बिर लिनु “कडाइका साथ निषेध गरिएको” छ। यस्तो धार्मिक विश्वास वा प्रचलनप्रति अनादर देखाउनु आपत्तिजनक मानिन्छ र यो गल्ति गरे वापत धेरै जरिवाना वा कैद हुने सम्भावना हुन्छ।

– त्यहाँको धार्मिक परम्परा नियम र कानुनको सम्मान नगर्नु तपाइको लागि ठुलो गल्ति सावित हुन सक्छ । त्यहाँ हुने कुनै पनि कुरा तपाइलाइ मन परेको या नपरेको सोसल मिडियामा भुलेर पनि नहाल्नुहोस या त्यसको विरुध्दमा नबोल्नुहोस ।

– दुबईमा कुनै पनि किसिमको बेइमानी काम नगर्नुहोस दुबई पुलिसको नजरबाट बच्न गाह्रो होइन असम्भव छ।

– ट्याक्सी चड्दा चाहे अगाडी बस्दा होस् या पछाडी बस्दा सिट बेल्ट बाध्न नभुल्नुहोस यो गल्ति गरे वापत तपाइले ४०० दिराम जरिवाना तिर्नु पर्ने हुन्छ ।

गुड न्यूज 24 
www.gudnews24.com
GoodNews Media

 

यो पनि पढ्नुहोस् …

लिडर कसरी बन्ने ? लिडरमा हुनुपर्ने १३ गुणहरु पढ्नुहोस्
the-leader-nepal

हिटर प्रयोग गर्दा ध्यान दिनुपर्ने कुराहरु

बुवा र छोराको सम्बन्ध निर्माणमा ध्यान दिनु पर्ने कुराहरु

 

 

फि तिर्न नसक्दा कलेज छोड्नुपर्यो – एप्पल कम्पनी मालिकको कथा

 

 

बिग्रिएको सम्बन्ध कसरी सुधार गर्ने ?

 

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button