समाचारसूचना प्रविधि

सन् २०२१ को डि.भी. कार्यक्रम खुला

Gobal IME Bank

EDV 2021

सन् २०२१ को लागि अमेरिकी डाइभर्सिटी भिसा (डीभी)का लागि आवेदन खुलेको छ ।   डाइभर्सिटी भिसा (डि.भी.) कार्यक्रमको लागि आवेदन दर्ता  असोज १५  नेपालमा स्थानीय समयअनुसार रातको ९:४५ बजेबाट सुरु हुने गरी खुल्नेछ र  कार्तिक १९ मा स्थानीय समयअनुसार रातको १०:४५ बजे  बन्द हुनेछ ।

यस वर्ष आवेदन फारम भर्दा पासपोर्ट नम्बर, पासपोर्टको म्याद र इमेल ठेगाना अनिवार्य गरिएको छ ।  डीभीको अनलाइन  www.dvlottery.state.gov  फारम आफैंले निशुल्क भर्न सकिन्छ । एक व्यक्तिले एकपटक मात्र आवेदन दिन सक्नेछन् । एकभन्दा बढी पटक आवेदन फारम भर्ने व्यक्ति डीभीका लागि अयोग्य ठहरिने छन् । फारम भरिसकेपछि प्राप्त हुने कनफर्मेसन नम्बर सुरक्षित राख्नु पर्ने छ । नतिजा सार्वजनिक भएपछि त्यही कन्फर्मेसन नम्बरको आधारमा आफूलाई डीभी परे/नपरेको थाहा हुन्छ ।  यस वर्ष ५५ हजारले डीभी चिठ्ठामार्फत् अमेरिकाको भिसा पाउने अमेरिकी अधिकारीहरु बताउँछन् । व्यक्तिगत विवरणको आधारमा कम्प्युटर सिस्टमले डीभीको लागि योग्य व्यक्तिहरुको छनोट गर्ने छ । तर डीभी पर्दैमा अमेरिकाको भिसा पाउने निश्चित हुँदैन । त्यसपछि पनि बिभिन्न सर्त र प्रक्रियाहरु पूरा गर्नु पर्ने अधिकारीहरु बताउँछन् ।

 

कसरी भर्ने ?

 

 

 

 

भिडियो हेर्नुहोस् ।

 

 

 

 

 

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button