अन्यसमाचार

उपचार गर्न रू. आठ लाख सहयोग -GoodNews24

Gobal IME Bank

बागलुङ । गलकोट नगरपालिका–१ दुदिलाभाटी घर भई हाल जापानमा कार्यरत गर्नुहुने श्याम शर्मा गैरेको उपचारार्थ निलुवा समाज चमुवा जापानले रु आठ लाख ६३ हजार सहयोग प्रदान गरेको छ । मुटु र फोक्सोमा गम्भीर समस्या देखिएपछि गैरे जापानको टोकियोस्थित अस्पतालको सघनकक्षमा उपचाररत हुनुहुन्छ । समाजका पदाधिकारी र जापानमा रहेका नेपालीहरुबाट सहयोग जुटाई मङ्गलबार गैरेलाई हस्तान्तरण गरिएको हो ।

अर्थाभावका कारण उपचारमा समस्या आउने देखिएपछि सहयोग सङ्कलन गरिएको समाजका अध्यक्ष थमबहादुर क्षेत्रीले जानकारी दिनुभयो । उपचार खर्चिलो हुँदै गएपछि सहयोगको याचना गर्नुपरेको गैरेकी श्रीमती पवित्राले बताउनुभयो ।जापानमा रहेका नेपालीले ‘श्याम शर्मा गैरे बचाउ’ अभियान नै चलाएर रकम जुटाएका हुन् । गलकोट नगरपालिका–४ देखि अध्ययन र रोजगारीमा जापान पुगेकाहरुले स्थापना गरेको सो समाज सामाजिक सेवाका काममा क्रियाशील छ ।
यो पनि पढ्नुहोस् ..
[irp posts=”3415″] [irp posts=”2573″] [irp posts=”4224″] [irp posts=”2714″] [irp posts=”3415″] [irp posts=”3558″] [irp posts=”3605″] [irp posts=”3875″] [irp posts=”3930″] [irp posts=”2617″] [irp posts=”4080″] [irp posts=”4103″]

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button