मुख्य समाचारसमाचार

प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन: भोट गर्ने सहि तरिका जान्नुहोस्

Gobal IME Bank

काठमाडौँ । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन नजिकै आइसकेको छ । आगामी मंसीर ४ गते आइतबार बिहान ७ बजे देखि बेलुकी ५ बजे सम्म भोट हाल्ने समय तोकिएको छ । प्रत्येक मतदाताले आफुलाई तोकिएको ठाँउमा गई मतदानमा सहभागी हुन निर्वाचन आयोगले आग्रह गरेको छ । यसपालिको मतदान गर्ने तरिका पहिले भन्दा केही फरक छ । पहिले तीन वटा मत पत्र हुन्थ्यो भने अहिले चार वटा मत पत्र बनाईएको छ ।

नेपालमा दुई किसिमको निर्वाचन प्रणाली रहेको छ । प्रत्यक्ष निर्वाचन प्रणाली र समानुपातिक प्रणाली । यी दुई निर्वाचन प्रणाली मार्फत प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन हुन गइरहेको छ । हालै निर्वाचन आयोगले वास्तविक नमुना मतपत्रहरु सार्वजनिक गरेको छ । पहिलो मतपत्र रातो रङ्गको हुन्छ यो प्रत्यक्ष तर्फको प्रतिनिधि सभा सदस्यको लागि प्रयोग हुने मतपत्र हो । दोश्रो मतपत्र कालो रङ्गको हुन्छ यो समानुपातिक प्रणाली तर्फको प्रतिनिधि सभा सदस्यको लागि प्रयोग हुने मतपत्र हो । तेश्रो मतपत्र रातो रङ्गको हुन्छ यो प्रत्यक्ष तर्फको प्रदेश सभा सदस्यको लागि प्रयोग हुने मतपत्र हो र चौथो मतपत्र कालो रङ्गको हुन्छ यो समानुपातिक तर्फको प्रदेश सभा सदस्यको लागि प्रयोग हुने मतपत्र हो ।

मतदान केन्द्रमा सुरक्षा व्यवस्था कडा गरिएको हुन्छ । चारैतिर घेरा लगाएको हुन्छ । मतदान केन्द्रमा महिला, पुरुष, गर्भवती, सुत्केरी, जेष्ठ नागरिक र असक्तको लागि छुट्टाछुट्टै लाइन छुटाइएको हुन्छ । लाइनमा बसिसके पछि मतदाता नामवली रुजु गर्ने ठाँउमा जाने र आफ्नो मतदान परिचय पत्र वा आयोगले तोकेको कुनै पनि परिचय पत्र देखाएर मतदाता नामवलिमा नाम रुजु अथवा नाम टिपाउने । यो काम सम्पन्न भइसकेपछि बाँया हातको बुढी औलामा नउड्ने मसीको चिनो लगाइन्छ । यो कार्य निर्वाचन अधिकृत वा निर्वाचन आयोगले खटाएको व्यक्तिद्धारा हुनेछ । यो सबै कार्य सकिएपछि पहिले मतपत्र दिने कर्मचारी भएको ठाँउमा जाने ।

त्यहाँ गएपछि हामीलाई मतपत्र दिइने छ । पहिलो मतपत्र पाइसके पछि स्वस्तिक छाप र छापदानि भएको ठाँउमा गएर सबैभन्दा पहिलो मतपत्रमा स्वस्तिक छाप लगाउने जुन प्रतिनिधि तर्फको उम्मेदवारको लागि हो ।  मतपत्रमा आफुलाई मन परेको उम्मेदवारको कुनै एक निर्वाचन चिन्हमा स्वास्तिक छाप लगाएर मत दिने । यो मतपत्र सेतो पृष्ठभूमि, रातो अक्षर र निर्वाचन चिन्ह भएको हुन्छ । निर्वाचन मतपत्रमाआफुलाई मनपर्ने उम्मेदवारलाई मत दिँदा स्वस्तिक छाप निर्वाचन चिन्ह भएको कोठामा मात्र पर्ने गरि छाप लगाउने । यसरी छाप लगाइसके पछि अरु कुनै कोठाको चिन्हमा छाप नपर्ने गरि पट्याउने र त्यो सके पछि रातो अक्षरले एक नम्बर लेखिएको मतपेटिकामा मतपत्र खसाल्ने ।

दाश्रो मतपत्र दिने कर्मचारीले सेतो पृष्ठभूमिमाकालो रङ्गको अक्षरले लेखिएको मतपत्र प्रदान गर्नेछ । यो प्रतिनिधि सभाको समानुपातिक निर्वाचन प्रणालि तर्फको मतपत्र हो । यसमा पनि पहिले जस्तै आफुलाई मन परेको उम्मेदवारको निर्वाचन चिन्हमा स्वस्तिक छापले मत दिने र कालो अक्षरले दुइ नम्बर लेखेको मतपेटिकामा आफ्नो मत हाल्ने । यो दुईवटा मतपत्र प्रतिनिधि सभाको उम्मेदवार र राजनैतिक दलको लागि हो भने पछिको दुई मतपत्र गाँउ , नगर र टोलबाट प्रदेशमा प्रतिनिधित्व गर्ने उम्मेदवारको लागि हो ।

यो मतपत्र सेतो पृष्ठभूमिमा रातो रङ्गको अक्षर र निर्वाचन चिन्ह कोठाभित्र हुन्छ । यसमा पनि पहिले जस्तै अरु कुनै निर्वाचन चिन्ह भएको कोठामा नलाग्ने गरि स्वास्तिक चिन्हको छाप लगाउने, राम्रो सँग अरु चिन्हमा नपर्ने गरि पट्याउने र रातो अक्षरले तिन नम्बर लेखेको मतपेटिकामा मत हाल्ने । अन्तिम अथवा  चौथो मतपत्र प्रदान गरिन्छ यो प्रदेश सभाको समानुपातिक निर्वाचन तर्फको मतपत्र हो यो मतपत्र सेतो पृष्ठभूमि कालो अक्षर र निर्वाचन चिन्ह हुन्छ । यसमा प्रदेश सभामा प्रतिनिधित्व गर्ने आफुलाई मन परेको कुनै एक राजनैतिक दलको निर्वाचन चिन्हमा स्वास्तिक चिन्ह छाप लगाएर मतदान गर्ने र अन्त्यमा कालो अक्षरले चार नम्बर लेखेको मतपेटिकामा आफ्नो मत हाल्ने र मतदान केन्द्रबाट बाहिर निस्किने ।

चारवटा मतपत्र छुट्टाछुट्टै पाइन्छ त्यसमा एक एक स्वस्तिक चिन्हको छाप आफुलाई मन परेको उम्मेदवारको निर्वाचन चिन्ह भएको कोठामा कोठा बाहिर छाप नलाग्ने गरी मत दिने । मत दिने तरिका आफु पनि राम्रोसँग बुझ्ने र अरुलाई पनि बुझ्न मद्दत गरिदिने ताकि धेरै मतहरु बदर हुने प्रक्रिया र  सम्भावनालाई निर्मुल गर्न मद्दत मिलोस् ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button