समाचार

असोजमा २३ मा उम्मेदवारी दर्ता, निर्वाचन कार्यतालिका स्वीकृत -Good News 24

Gobal IME Bank

२४ साउन, काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि र प्रदेश सभाको आगामी आगामी मंसिर ४ गते हुने आम निर्वाचनका लागि आइतबार निर्वाचन कार्यतालिका स्वीकृत गरेको छ । कार्यतालिका अनुसार आगामी असोज २३ गते प्रत्यक्षतर्फको उम्मेदवारी दर्ताको समय तोकिएको छ । निर्वाचनका लागि उम्मेदवारले आफ्नो उम्मेदवारी असोज २३ गते दिन सक्नेछन । आयोगका अनुसार उम्मेदवारको अन्तिम नामावली असोज २६ गते प्रकाशन गरिनेछ भने २८ गतेबाट मतपत्र छपाइ सुरु गरिनेछ ।
असोज २८ गतेदेखि मङ्सिर १ गतेसम्म मतदाता शिक्षा, मतदान सामग्री ढुवानी, मतदान अधिकृत र सहायक मतदान अधिकृतको नियुक्ति, मतपत्र ढुवानी, मतदान अधिकृतलाई निर्वाचन सामग्री हस्तान्तरण, उम्मेदवार तथा राजनीतिक दलको प्रचारप्रसार अवधि तोकिएको छ ।
मङ्सिर १ गते राति १२ बजेदेखि मौन अवधि सुरु हुनेछ र प्रचारप्रसारमा रोक लगाइने छ ।
मङ्सिर ४ गते बिहान सात बजेदेखि पाँच बजेसम्म ७६ वटा मतदान कार्यक्रम हुनेछ । केही कार्यक्रमहरु परिवर्तन हुन सक्ने छन तर मुख्यतय यसै कार्यतालिका अनुसार नै सबै कार्यक्रम हुनेछन ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button