मुख्य समाचारसमाचार

गृहमन्त्री खाँणको क्षेत्रका सुकुम्वासी बस्तीका मतदाताको मागः ‘लालपूर्जा र रोजगारी’

Gobal IME Bank

रुपन्देही । रुपन्देही क्षेत्र नम्बर ३ मोतीपुरस्थित सुकुम्वासी बस्तीका मतदाताहरुले लालपूर्जा दिन प्रतिवद्ध उम्मेदवारलाई आफूहरुले मतदान गर्ने बताएका छन् ।

उनीहरुले रोजगारीको अवसर सृजना गरिदिन पनि राजनीतिक दलका उम्मेदवारहरुसँग आग्रह गरे । खानै नपाउने अवस्था भएकाले आफूहरुलाई रोजगारीको अवसर सृजना गर्नुपर्ने उनीहरुको माग छ । लामो समय बस्दा पनि उनीहरुले लालपूर्जा नभएकाले यो निर्वाचनबाट विजयी हुने सांसदले आफूहरुलाई त्यसको व्यवस्था गर्नुपर्नेमा स्थानीयको जोड छ ।

दिनभर काम गर्दा पनि खान पाउने अवस्था नरहेको पनि त्यहाँका मतदाताको गुनासो छ । उनीहरुले देशभित्रै रोजगारीको अवसर सृजना गरेर जनप्रतिनिधिहरुले आफूलाई राहत दिनुपर्ने बताएका छन् । यस क्षेत्रमा सत्तारुढ गठबन्धनको तर्फबाट गृहमन्त्री बालकृष्ण खाँण प्रतिनिधि सभा सदस्यको उम्मेदवार रहनुभएको छ भने विपक्ष एमाले र जनता समाजवादी पार्टीको समर्थनमा राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता दीपक बोहोरा हुनुहुन्छ ।

नेताहरुले विगतमा जस्तो चुनावी प्रचार अभियानलाई तिब्रता नदिएको केहीले बताएका छन् । ३/४ वर्ष अघि जस्तो चुनावको प्रचार अभियानले तिब्रता नपाएको स्थानीयले बताएका छन् । त्यहाँका मतदाताहरुले घर सल्लाह गरेर मतदान गर्ने प्रतिक्रियासमेत दिएका छन् । अब निर्वाचनको लागि मतदान गर्न ४ दिन मात्रै बाँकि छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button