समाचारसूचना प्रविधि

इलेक्ट्रिक ब्ल्याङ्केट कतिको सुरक्षित ?

Gobal IME Bank

काठमाडौं । अन्तर्राष्ट्रिय उपभोक्ता अधिकारकर्मीहरूले बजारमा बिक्री हुने इलेक्ट्रिक ब्ल्याङ्केट प्रयोग नगर्न आग्रह गरेका छन् । त्यस्ता ब्ल्याङ्केटमा प्रवाह हुने विद्युतीय सर्किटले झड्का लाग्ने र शरिरमा समेत असर गर्न सक्ने भन्दै उनीहरुले आवाज उठाएका छन् ।

अन्तराष्ट्रिय बजारमा विद्युत जडान गरी न्यानो बनाउने खालको ब्ल्याङ्केटको बिक्री बढ्दै गएको छ । नेपालमा पनि गत छ महिनामा एक करोड ४९ लाख ९८ हजार रुपैयाँ बराबरको इलेक्ट्रिक ब्याल्ङ्केट आयात गरिएको छ ।

बजारमा यस्ता ब्ल्याङ्केट बिक्री गर्नु गैरकानुनी भएसँगै यो स्वास्थ्यका लागि समेत हानीकारक रहेको बताइएको छ ।

‘सेप्रेट्ल्ली च्यारीटी इलेक्ट्रीकल सेफ्टी फर्स्ट’ नामक विद्युतीय उपभोक्ता समुहले अनलाइनमा बिक्री भइरहेका विद्युतीय ब्ल्याङ्केट अत्याधिक जोखिमपूर्ण रहेको बताएको छ । यस जोखिमलाई हटाउनको लागी सरकारले नयाँ कानुनी व्यवस्था ल्याएर उपभोक्ताको अधिकार सुनिश्चीत गर्नुपर्ने माग उनीहरुले राखेका छन् ।

उनीहरुका अनुसार अनलाइनमा बिक्रीका लागि राखिएका ११ ओटा मध्ये ९ ओटा ब्ल्याङ्केटमा विद्य्तीय झट्का आउने खालको समस्या देखिएको छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button