शिक्षा स्वास्थसमाचार

राती अबेर सम्म फोन चलाउनुको खतरनाक असरहरु – GoodNews 24

Gobal IME Bank

   

धेरै मानिसहरु स्मार्टफोनको प्रयोग गर्छन्  तर प्राय मानिसहरु राती सुत्नु अगि अन्धकारमा धेरै समय सम्म फोन चलाउँछन्। यस्तो क्रियाकलापले दिमाग र आँखामा नराम्रो असर पर्न जान्छ। यो विषयलाई लिएर धेरै रिर्सच भइसकेको छ। जसले प्रमाणित गरेको छ कि राती अध्याँरोमा फोन चलाउनाले नराम्रो असर पर्न जान्छ । जीवनको महत्वपुर्ण अंग बनेको मोबाइल फोनका फाइदासंगै बेफाइदाहरु पनि छन् ।

१. आँखाको रोशनी कम हुनु
अध्याँरोमा अबेर सम्म फोनको प्रयोगले आँखाको भाग रेटिनामा नराम्रो असर जसले आँखाको दृष्य शक्ति कमजोर गराउँछ।

२. निन्द्रा पुरा नहुनु र तनाव बढ्नु
राती सुत्नु अगि अन्धकारमा धेरै समय सम्म फोन चलाउनाले शरीरमा मेलाटोनिन (MELATONIN) हर्मोनको कमी हुदैँ जान्छ  । जसको कारणले निन्द्रा ढिला लाग्छ र पुरा हुदैँन र र तनावको सिर्जना गर्छ।

३. डार्क सर्कल
आँखामा धेरै भार पर्नाले आँखा वरिपरीको भागमा डार्क सर्कल बस्ने हुन्छ। त्यसैले राती/अध्याँरोमा अबेर सम्म स्मार्टफोन चलाउने बानी सुर्धानु आवश्यक छ।

४. दिमागमा हानी
राती सुत्नु अगि अन्धकारमा धेरै समय सम्म फोन चलाउनाले ब्रेन ट्युमर हुने सम्भावना बढ्छ । जसले गर्दा मेमोरी कम हुन्छ। तपाइले सानोसानो कुराहरु  पनि सम्झन सक्नुहुन्न ।

५.थकाइ
निन्द्रा राम्रोसँग पुरा नभए पछि अर्को दिनभरी तपाईलाई धेरै थकानको महशुस हुन्छ।

६. मोतिबिन्दु
अध्याँरोमा अबेर सम्म फोन चलाउनाले दिमाग सम्म सन्देश लैजाने अप्टिक तत्वले काम गर्न छोड्छ र मोतिबिन्दु हुन सक्छ।

७. ध्यान मांसपेशिमा असर
राती सुत्नु अगि अन्धकारमा धेरै समय सम्म फोन चलाउनाले आँखाको ध्यान मांसपेशिमा असर पर्छ र केही कुरामा ध्यान दिन गाह्रो बनाइ दिन्छ।

८. आँखा रातो
अध्याँरोमा अबेर सम्म फोनको प्रयोगले आँखा धेरै रातो हुने समस्या बढ्छ।

राती धेरै बेरसम्म मोबाइल चलाउदा निन्द्रा पुग्दैन । निन्द्राको कमिले मानिसलाई तनाव, डिप्रेशन, आत्महत्या, क्रोध, हिंसा गर्ने मनस्थिति सम्म पुर्याउने गर्छ ।  आँखा पोल्ने, आँखा दुख्ने, टाउको दुखाई, थायराइडको समस्या, केश झर्ने, मुटु रोग, मृगौलाको समस्या, उच्च रक्तचाप जस्ता गम्भीर रोग समेत निम्तिन सक्छ ।

यो पनि पढ्नुहोस् ..
[irp posts=”3415″] [irp posts=”3558″] [irp posts=”2573″] [irp posts=”2770″] [irp posts=”2896″] [irp posts=”3174″]

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button