समाचार

आँखा शिविरबाट ७५७ जना लाभान्वित -GoodNews24

Gobal IME Bank

बागलुङ, १७ जेठ। गलकोट नगरपालिका–७ मल्ममा सञ्चालित आँखा जाँच तथा शल्यक्रिया शिविरबाट ७५७ जना लाभान्वित भएका छन् ।
श्रीकृष्ण–भैरव आँखा उपचार केन्द्रको आयोजनामा तीन दिनसम्म चलेको उक्त शिविरमा मोतियाबिन्दु भएका ५१ जनाको निःशुल्क शल्यक्रिया गरिएको थियो । केन्द्र व्यवस्थापन समितिका सदस्यसचिव आमोदकुमार सिँहले शल्यक्रिया गरेका बिरामीलाई औषधि र चश्मा पनि निःशुल्क वितरण गरिएको जानकारी दिनुभयो । शिविरमा आएका स्थानीयवासीलाई आँखाको सुरक्षाबारे समेत जानकारी दिइएको थियो ।
शिविरमा श्रीकृष्ण नेत्रालय, भैरहवाका नेत्र विशेषज्ञ डा सल्मा केसीलगायत चिकित्सक/स्वास्थ्यकर्मी उपचारमा संलग्न थिए । श्रीकृष्ण नेत्रालयको प्राविधिक र घुम्टे युवा परिवार जापान शाखाको आर्थिक तथा व्यवस्थापकीय सहयोगमा शिविर सञ्चालन गरिएको केन्द्रले जनाएको छ ।
यस्तै शल्यक्रिया सेवाका लागि हरि–कृष्ण आई केयर फाउण्डेशन र लायन्स क्लब अफ बुटवल, मणिउजेशले सहयोग गरेको थियो । गाउँका बिरामीलाई लक्ष्य गरी डेढ वर्षअघि मल्ममा श्रीकृष्ण–भैरव आँखा उपचार केन्द्र स्थापना गरिएको थियो ।
केन्द्रले स्थानीयस्तरमै आँखासम्बन्धी रोगको परीक्षण एवं उपचार सेवा प्रदान गर्दै आएको छ । सुरुदेखि नै केन्द्रलाई चाहिने उपकरणदेखि कर्मचारीको प्रबन्ध श्रीकृष्ण नेत्रालयले नै गर्दै आएको छ । केन्द्रबाट आँखाको जाँच र उपचार नियमित हुँदै आए पनि शल्यक्रिया सेवा भने शिविरका बेला मात्र प्रदान गर्ने गरिएको छ ।
केन्द्र सञ्चालनमा आएपछि आँखाको सामान्य उपचार गर्न, चश्मा लिन टाढा जानुपर्ने स्थानीयवासीको बाध्यता हटेको छ । गलकोटमै जन्मनुभएकी डा केसीले केन्द्र स्थापनाका लागि विशेष पहल लिनुभएको थियो । खाली रहेको रेडक्रस भवनबाट अहिले केन्द्र सञ्चालन भइरहेको भए पनि पछि आफ्नै भवन बनाएर अस्पतालकै रुपमा स्तरोन्नति गर्ने योजना रहेको व्यवस्थापन समितिका अध्यक्ष लोकबहादुर थापाले बताउनुभयो ।
–––

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button