समाचार

चितवनमा ८१ महिला मतदान अधिकृत-GoodNews24

Gobal IME Bank

चितवन, २८ वैशाख (रासस)। जिल्लामा रहेका मतदान केन्द्रमध्ये ८१ केन्द्रमा महिला मतदान अधिकृत छन् । यहाँका १६१ मतदानस्थलमा रहेका ४५१ मतदान केन्द्रमध्ये बालमन्दिर अटिजम विद्यालय मतदानस्थलमा सबै कर्मचारी महिला छन् ।

यस स्थलमा चार मतदान केन्द्र छ । यहाँ हरेक मतदान केन्द्रमा रहेका कर्मचारी सबै महिला रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी पुरुषोत्तम पौडेलले जानकारी दिनुभयो । यस मतदानस्थलमा ३,३४२ मतदाता छन् । उहाँका अनुसार ४५१ केन्द्रमध्ये ८१ केन्द्रमा महिला अधिकृत खटिनुभएको हो । महिलाले पनि जिम्मेवारी पाउनुपर्छ भन्ने उद्देश्यका साथ उहाँहरुलाई जिम्मेवारी दिइएको उहाँले बताउनुभयो ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button