मनोरञ्जनमुख्य समाचारसमाचार

फिफा विश्वकपमा आज: फ्रान्स र मोरक्को भिड्दै

Gobal IME Bank

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलको दोस्रो सेमिफाइनल खेल आज (बुधवार) हुँदैछ । दोस्रो सेमिफाइनलमा फ्रान्स र मोरक्कोबीच प्रतिष्पर्धा हुनेछ ।

अल बायत स्टेडियममा हुने फ्रान्स र मोरक्कोबीचको खेल राति १२ः४५ बजे शुरु हुनेछ । साविक विजेता फ्रान्स र मोरक्को जित निकाल्दै फाइनल पुग्ने योजनामा छन् । यस खेलको विजेताले फाइनलमा अर्जेन्टिनासँग खेल्नेछ । फ्रान्स आज मोरक्कोलाई हराएर लगातार दोस्रो पटक विश्वकपको फाइनल खेल्न चाहन्छ ।

फ्रान्सले क्वाटरफाइनलमा इंग्ल्याण्डलाई २–१ ले हराएको थियो । यता, मोरक्को पहिलो पटक सेमिफाइनलमा पुगेको हो । मोरक्को विश्वकपको सेमिफाइनल पुग्ने पहिलो अफ्रिकन राष्ट्र हो । फ्रान्सलाई हराएर मोरक्को फाइनल पुग्दै अर्को इतिहास बनाउन चाहन्छ । दुई टोलीबीच विश्वकपमा पहिलो पटक प्रतिस्पर्धा हुन लागेको हो ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button