मुख्य समाचारसमाचार

काठमाडौँ महानगरपालिकाद्वारा फोहर फाल्न स्थान पहिचानको काम हुँदै – Good News 24

Gobal IME Bank

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले कुहिने फोहर काठमाडौँ उपत्यकामा नै व्यवस्थापन गर्नका लागि स्थान पहिचानको काम गरिरहेको छ । सबै किसिमका फोहर बञ्चरेडाँडा पुर्याउँदा पटक–पटक समस्या सिर्जना भएकाले आगामी दिनमा प्रभावकारीरूपमा फोहरको दीर्घकालिन समाधानका लागि स्थान पहिचानको काममा लागेको कामपाले जनाएको छ ।

बञ्चरेडाँडामा हानीकारक फोहर व्यवस्थापन नगर्ने योजनाअनुरुप कामपाले यस किसिमको अध्ययास सुरु गरेको हो । कामपा प्रमुखको सचिवालयका सदस्य सुनिल लम्सालले भन्नुभयो, “उपत्यकामा तीन स्थानको पहिचान भएको छ । बीचमा केही अवरोध नआए आगामी मङ्सिरदेखि उक्त कामको थालनी हुने छ । त्यस विषयमा सम्बन्धित स्थानका स्थानीयसँग छलफल भइरहेको छ ।”

फोहर व्यवस्थापन गर्न एउटा ठाउँमा कम्तीमा करिब ५० रोपनी जग्गा आवश्यक पर्ने छ । हाल कामपा र अन्य १७ स्थानीय तहसहित उपत्यकाको १८ स्थानीय तहको फोहर अन्तिम व्यवस्थापनका लागि बञ्चरेडाँडा लैजाने गरिएको छ । यो नै उपयुक्त विकल्प नभएकाले कुहिने फोहरलाई उपत्यकामा नै र नकुहिनेलाई अन्तिम व्यवस्थापनका लागि उक्त स्थानमा लैजान कामपाले स्थान पहिचान गरिरहेको छ ।

अन्य सम्भावित स्थानको पहिचान गर्ने कार्य जारी छ । हालसम्म उपलब्ध भएका जग्गा ५० रोपनीदेखि एक सय ५० रोपनीसम्म छ । यसअघि विगत १६ वर्षदेखि उपत्यकाको १८ स्थानीय तहको फोहर नुवाकोटको सिसडोलमा व्यवस्थापन गरिँदै आएको थियो ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button