शिक्षा स्वास्थसमाचार

आँखाको लागि फाइदाजनक खानेकुराहरु…

Gobal IME Bank

काठमाडौँ । बिना कुनै बाधा संसारलाई राम्रो सँग हेर्नु पाउनु हाम्रो लागि वरदान जस्तै हो । आँखा हाम्रो शरीरको सबैभन्दा महत्वपुर्ण संवेदनशील अंग हो । हाम्रो आँखाको दृष्टि प्राकृतिक रुपमा बढाउनको लागि हामीले हरेक दिन आफुले खाने खानामा ध्यान दिन जरुरी छ । आँखाको दृष्टिमा प्राय उमेर, ग्याजेटको प्रयोग र वंशाणुगत कारणले गर्दा समस्या आउँछ तर हामीले खाने खानाहरुबाट आँखाको रेटिनामा हुने फोटो ड्यामेजलाई कम गर्न सक्छौँ । खानामा ध्यान दिदाँ आखाँको रेटिना र कोर्नियालाई स्वस्थ बनाउन पनि मद्दत मिल्छ । आफ्नो डाइटमा यी प्रभावकारी खानालाई समावेश गरी आखाँको दृष्टि राम्रो बनाउनुहोस् ।

१) गाजर
गाजरमा बिटा क्यारोटिन, एन्टिअक्सिडेन्ट पाइन्छ र यो भिटामिन ए को प्रिक्युसर पनि हो । वैज्ञानिकहरुले पत्ता लगाएका छन् कि दिनमा एक वा दुईवटा गाजर खाँदा वा जुस बनाएर पिउँदा हाम्रो रात्रि दृष्टि (नाइट भिजन) राम्रो बनाउँछ र दृष्टि खराब हुने सम्भावनालाई पनि कम गर्छ । गाजरले अक्सिडेटिभ ड्यामेज र सुजन हुनबाट पनि बचाउँछ जुन हाम्रो आँखाको दृष्टि खराब गर्ने मुख्य कारण पनि हुन् । इन्टरनेटमा गाजरको विभिन्न रेसिपि हेरि खानामा गाजर मिसाएर खान सकिन्छ तर गाजर काँचै खाना हामीलाई पुर्ण रुपमा पोषक तत्वहरु मिल्छ किनभने पकाउँदा गाजरमा पाइने पोषक तत्वहरु कम हुन जान्छ । गाजर धेरै मात्रामा पनि खानु हुँदैन किनभने भिटामिन ए को मात्रा धेरै हुँदा विषाक्त हुन्छ ।

२) फ्याटी फिस
फ्याटी फिस ओमेगा ३ फ्याटी एसिड पाइने स्रोत हो । ओमेगा ३ ले ओमेगा ३ र ओमेगा ६ को अनुपात सन्तुलित गरी इनफ्लेमेसनलाइ कम गर्न मद्दत गर्छ । जब इनफ्लेमेसनको लेभल कम हुन्छ हाम्रो मस्तिष्क र शरीरले राम्रो सँग काम गर्छ र हाम्रो प्रतिरक्षा प्रणलिलाई बलियो बनाउँछ । हाम्रो आखाँको रेटिनाको नजिकको क्षेत्रहरु डी एच ए ले भरिएको हुन्छ यो एक किसिमको ओमेगा फ्याटि (२) हो । स्याल्मोन, टुना र म्याकेरेल जस्ता माछाहरु खाँदा हाम्रो आखाँको स्वास्थ्यको लागि फाइदाजनक हुन्छ । यदि तपाईलाई माछा खान मन पर्दैन भने चिकित्सकको सल्लाह लिएर माछाको तेल भएको भिटामिन औषधी खान सक्नुहुन्छ ।

३) पालुङ्गो
पालुङ्गोमा प्रशस्त मात्रामा भिटामिन इ, ए, बि र सि पाइन्छ र आइरन र जिकं जस्ता मिनरल्स पनि पाइन्छ । यसमा फाइटोन्युट्रियन्ट जस्तै लुथियन र जियाजानथिन जस्ता पोषक तत्वहरु पनि पाइन्छ । केरोटोनोइड, लुथियन र जियाजानथिनहरुमा एन्टि अक्सिडेन्ट र एन्टि इनफ्लेमेटरी गुणहरु हुन्छन् । दैनिक पर्याप्त मात्रामा पालुङ्गोको साग खाँदा मोतिबिंन्दु र म्याकुला डिजेनेरेट हुनबाट बच्न सकिन्छ र यसमा जिकं पनि पाइने कारण पालुङ्गको उपभोगले आखाँको कोर्निया पनि स्वस्थ हुन्छ ।

४) अण्डा
अण्डामा प्रशस्त मात्रामा अमिनो एसिड र पानी र फ्याट घुलनशील भिटामिन पाइन्छ । अण्डाको पहेँलो भागमा लुथियन र जियाजानथिन पाइन्छ जसले एग योल्कलाई पहेँलो रङ्ग प्रदान गर्छ । दैनिक एक वा दुई वटा अण्डा खाने बानी बसाल्दा आखाँको स्वास्थ्य राम्रो राख्न मद्दत मिल्छ । अण्डालाई उसिनेर , हाल्फ बोइल गरेर वा पोच्ड एग बनाएर खाँदा फाइदाजनक हुन्छ ।

५) डेरी प्रडक्ट
दुध र दही हाम्रो आखाँको स्वास्थ्य राम्रो बनाउँने खाना हो । क्यालसियम र फोस्फोरस बाहेक दुध र दहीमा जिकं र भिटामिन ए पनि पाइन्छ । भिटामिन ए ले कोर्नियाको रक्षा गर्न मद्दत गर्छ भने जिकंले कलेजो देखि आखाँ सम्म भिटाभिन ए लाई ट्रान्सपोर्ट गर्न मद्दत गर्छ । जिकंले रात्री दृष्टि (नाइट भिजन) र मोतिबिंदु हुनबाट बचाउँछ । दुध बिहान वा राति सुत्नु भन्दा अगाडी खान सकिन्छ भने दही दिउसोको खाना वा खाजामा खान सकिन्छ ।

६) नट्स
नट्सहरु स्वस्थ फ्याट र भिटामिन इ पाइने स्रोत हो जसले इनफ्लेमेसनलाइ कम गर्न मद्दत गर्छ । रिसर्चले पुष्टि गरेको छ कि नट्सहरु खादाँ उमेरको कारण हुने मोतिबिंदुको सम्भावनालाई पनि कम गर्छ । सबै थरीको नट्सहरु मिसाएर मुठ्ठीभरी जति नट्स हरेक दिन खाने गर्दा हाम्रो आखाँको दृष्टि राम्रो बनाउनुका साथै दृष्टिको सुरक्षा गर्न मद्दत गर्छ ।

७) गोभिको पात अथवा केल
पालुङ्गो जस्तै केल पनि भिटामिन, मिनरल्स, डाइट्री फाइबर र लुटिन प्रशस्त मात्रामा पाइन्छ । लुटिनले प्रकाशलाई रोक्न मद्दत गर्नुका साथै अक्सिडेटिभ क्षति र उमेरको कारणले हुने म्याकुलर डिजेनेरेसन र मोतिबिंदु हुनबाट रक्षा गर्छ । १०० ग्राम केल खादाँ ११ मिलिग्राम लुटिन प्राप्त हुन्छ । केललाई सलाद, स्मुदि वा स्यान्डविचमा राखेर खाने गर्दा आखाँको लागि फाइदाजनक हुन्छ।

८) अन्न
सम्पुर्ण किसिमको अन्न प्रश्स्त मात्रामा डाइट्रि फाइबर, फाइटो न्यूट्रियन्ट, भिटामिन र मिनरल्स पाइने स्रोत हो । जिंक र भिटामिन इ आखाँको स्वास्थ्यको लागि महत्वपुर्ण पोषक तत्व हो र यी दुवै पोषक तत्वहरु अन्नमा पाइन्छ । यसले आखाँमा हुने इनफ्लेमेसन र अक्सिडेटिभ क्षति हुनलाई रोक्ने काम गर्छ । सबै प्रकारको दाल,ओट्स र ब्राउन राइसले आखाँको स्वास्थ्यलाई राम्रो बनाउन मद्दत गर्छ ।

९) ओइस्टर
ओइस्टरमा धेरै मात्रामा जिंक पाइन्छ जसले आखाँको स्वास्थ्यलाई राम्रो बनाउनको लागि मद्दत गर्छ । माछा र शेलफिसहरुमा उच्च मात्रामा आमेगा ३ फ्याटी एसिड पाइन्छ जसले उमेरको कारण हुने म्याकुलर क्षतिलाई रोक्न मद्दत गर्छ । ओइस्टर राम्रो रेष्टुरेन्टमा गएर खाने गर्दा फाइदाजनक हुन्छ ।

१०) क्याप्सिकम
क्याप्सिकम भिटामिन ए, इ र सि पाइने स्रोत हो र जियाजनथिन र लुटिन पनि क्याप्सिकममा पाइन्छ । यी भिटामिन र फाइटोन्यूट्रियन्टहरुले आखाँको रेटिनाको स्वास्थ्य सन्तुलित गर्छ र म्याकुलर डिजेनेरेट र अक्सिडेटिभ क्षतिबाट सुरक्षा गर्न मद्दत गर्छ ।

११) ब्रोकाउली
ब्रोकाउलिमा धेरै किसिमको स्वास्थ्यको लागि फाइदा हुने पोषक तत्व पाइन्छ । ब्रोकाउलिमा पाइने भिटामिन ए ,इ सि र लुटिनको कारण यो आखाँको लागि उत्कृष्ट तरकारी हो । ब्रोकाउलीमा पाइने भिटामिनहरुले हाम्रो आखाँको दृष्टिको स्वास्थ्यको सुरक्षा गर्न मद्दत गर्छ र फोटोड्यामेज र अक्सिडेटिभ क्षति हुनबाट रोकथाम गर्छ । यसलाई हल्का उमालेर वा रोस्ट गरेर खान सकिन्छ ।

१२) सुर्यमुखी फूलको बिँया
सुर्यमुखी फूलको बिँया हाम्रो पुरै शरीरको स्वास्थ्यको लागि फाइदाजनक हुन्छ । यसमा भिटामिन इ, प्रोटिन र स्वस्थ फ्याट पाइन्छ । यी पोषक तत्वहरुले इनफ्लेमेसन कम गर्न मद्दत गर्छ र आखाँको मेटाबोलिक वेस्टलाई पनि हटाउन मद्दत गर्छ ।

१३) सिट्रस फलफुल
हाम्रो आखाँमा मेटाबोलक उच्च दरमा हुन्छ त्यसैले मेटाबोलिक रियाक्सनको कारणले गर्दा उत्पन्न हुने टक्सिनलाई फ्लश गर्नको लागि लगातार एन्टिअक्सिडेन्टको आवश्यकता पर्छ । सिट्रस फलफुलहरु जस्तै सुन्तला, किवि र जामुन इत्यादिमा उच्च मात्रामा भिटामिन सि प्राप्त हुन्छ जसले प्रतिरक्षा प्रणलिलाई बुस्ट गर्छ । यो एन्टिअक्सिडेन्ट हो जसले हानिकारक रेडीकल्सहरुलाई स्क्याभेन्ज गर्छ र हाम्रो आखाँको मांसपेसीको क्षति हुनबाट बचाउँछ । भिटामिन सी ले आखाँमा भएको रक्तनलीहरुको स्वास्थ्य पनि राम्रो बनाउन मद्दत गर्छ ।

१४) बिन्स (सिमी)
बिन्सहरुमा प्रशस्त मात्रामा जिंक र बायोफ्लेभोनोइड पाइन्छ । यसले आखाँको रेटिनाको सुरक्षा गर्छ र मोतिबिंदु हुनबाट रोक्न मद्दत गर्छ । पर्याप्त मात्रामा दाल, राजमा, चना, हरियो केराउ र स्प्राउट खादाँ आखाँको स्वास्थ्य राम्रो हुन्छ ।

१५) सखरखण्डा
सखरखण्डाले दृष्टि सुधार गर्छ सखरखण्डामा एन्टिअक्सिडेन्टहरु समावेश हुन्छन् जसले इनफ्लेमेसनलाई कम गर्न मद्दत गर्छ र टक्सिनलाई फ्लश आउट गर्न मद्दत गर्छ । सखरखण्डालाई बेक वा उसिनेर खाई यसको फाइदा प्राप्त गर्न सकिन्छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button