गुड न्यूज 24प्रेम, विवाह, याैनशिक्षा स्वास्थसफल कथा

तपाईलाई चोट दिने व्यक्तिलाई यसरी माफी दिनुहोस – GoodNews24

Gobal IME Bank

क्षमा दिनु भनेको गल्ती गर्ने व्यक्‍तिलाई माफी दिनु अनि रिस, द्वेष र बदलाको भावना नराख्नु हो। तर यसको मतलब गल्तीहरूमा आँखा चिम्लिनु, गल्तीलाई सानो बनाउनु वा गल्ती नै नभएको जस्तो भान पार्नु त पटक्कै होइन। बरु क्षमा दिनु भनेको राम्ररी सोचविचार गरेर गरिने व्यक्‍तिगत छनौट हो, जुन प्रेममा आधारित हुन्छ। यसले अरूसित शान्तिमय र सुमधुर सम्बन्ध बनाइराख्न मदत गर्छ।  सबै व्यक्ति हामीले सोचे अनुरुप हाम्रो जिन्दगीमा असल गर्न आउँदैनन् र जानाजान या अन्जानमा हामीलाई चोट पुर्याउँछन् ।  उनीहरु प्रतिको असन्तोष, क्रोध, र घृणाको यी विचारहरूले बिस्तारै आफैलाई दुर्बलता तर्फ डोर्याउँछ । यदि तपाइँ यी विचारहरूलाई तपाईको दिमागमा ठाउँ दिनुहुन्छ भने यसले तपाईंलाई केहि नयाँ कुरा गर्नमा असक्षम बनाउँदछ। यदि तपाईंले चोट दिने व्यक्तिहरुबाट आफुलाई भएको भावनात्मक चिन्ता हटाउन सक्नु भयो भने,तपाईंको मनलाई शान्ति  हुन्छ ।

चोट दिने व्यक्तिलाई माफ दिनु त्यति सहज नहुन सक्छ कहिलेकाहीं क्षमा दिनु परको कुरा कसैले दिएको चोटलाई भुल्नु नै चुनौती बन्न सक्छ । यहाँ केहि उपायहरु छन् जसले तपाइँ माथि विश्वासघात गर्नेहरुलाई माफी दिन र आफुलाई नियन्त्रणमा राख्न समेत सहयोग गर्न सक्छ ।

१) विगतलाइ माफी दिएर बिर्सने ।
forgive and forget कसैलाई क्षमा गर्न गाह्रो हुनुको अर्थ नै हामी वर्तमानमा बाँचिरहेका छैनौं र विगतलाई बढी महत्त्व दिनु हो । हामी पुराना दिनहरू सम्झेर म कहिल्यै खुशी र सन्तुष्ट हुन सक्दिन भनेर विलाप गर्दछौं। “समय परिवर्तनशिल छ सबै कुरा बदलिन्छन र यो दुखको घडी पनि बद्लिएर जान्छ ” यहि सोच नै तपाइको क्षमा दिने शक्ति हो । बितेका कुरालाई सम्झिएर चिन्तन मनन गर्नुले न बिगत बदल्न सक्छ न भबिस्य सुधार्न नै त्यसैले अतित बिर्सिएर वर्तमानमा ध्यान केन्द्रित गर्नु जरुरी छ ।

२)  आफैसँग नयाँ सम्झौतामा अगाडि बढ्नुहोस ।
तपाईंको विगतको र सबै भावनात्मक दुखाइहरूलाई  दिमागमा  हावी हुन नदिनुहोस्, वर्तमान अवस्थालाई महत्व दिनुहोस । यसलाई बुझ्नुहोस् कि केहि पात्रहरु हाम्रो जीवनमा छोटो अनि अनावश्यक भूमिका लिएर प्रवेश गर्छन र तिनीहरुको प्रभाव हाम्रो आउदै गरेको दिनमा पर्न दिनुहुन्न । अरुले तपाईलाई चोट दिएको अवस्थामा उनीहरुलाई जान दिनु र बेवास्ता गर्नु नै उत्तम उपाय हो । छोटो समयको लागि जिन्दगीमा आएका ति खलपात्रहरुबाट केहि सिक्नुहोस र अर्को कार्यमा व्यस्त हुनुहोस । जति सुकै कठिन भए पनि आफुसँग एक नयाँ सम्झौता गरेर सोहि अनुरुप अगाडी बढ्नुहोस । यदि तपाईं यसो गर्नु सक्नु हुन्छ भने, तपाईं जुनसुकै परिस्थितिमा पनि आफुलाई नियन्त्रणमा राख्न सफल हुनुहुन्छ । अरुबाट पाएका चोटहरुलाइ  इश्वरको हातमा छोडिदिनुहोस यहि ठान्नुहोस कि जे हुन्छ राम्रो को लागि हुन्छ ।

३) वास्तविकतालाई अङ्गाल्नुहोस ।
जव हाम्रो जिन्दगीमा नसोचिएका असामान्य घटना घट्छन तव हामी संग एउटै मात्र बिकल्प रहन्छ त्यसलाई स्वीकार गर्ने । वास्ताविकतालाइ स्विकार्न नसक्नु नै हामी दुखी हुनुको मूल कारण हो । हामीसंग  भइसकेको कुरालाई बदल्न सक्ने क्षमता छैन त्यसैले यसलाई स्विकार्नु र चित्त बुझाउनु बाहेक अर्को कुनै तरिका छैन । यो सत्यलाई बुझेर यहि अनुरुप अघि बढ्नु बुद्धिमानी सावित हुन्छ ।

४) अरूलाई दोष लगाउन भन्दा आफैलाई बुझ्ने कोशिस गर्नुहोस ।
जब हाम्रो खुशी अरुमा निर्भर हुन्छ तव हामीले दुख पाउछौ आफ्नो खुशी आफै भित्र खोज्नु  जरुरी छ । अरुले खुशी दिदा खुशी हुने दुख दिदा दुखि हुने भयो भने सायद हामी कहिल्यै खुशी हुने अवसर नै पाउने छैनौ । त्यसैले अरुको कुरालाई मनमा नराख्ने र अरुको व्यवहारले आफुलाई आघात नहुने खालको बलियो मनस्थिति बनाउनुहोस ।अरुलाई दोष नदिनुहोस् ! आफुलाई केवल अनुभव उजागर गर्न अनुमति दिनुहोस् र आफैलाई भन्नुहोस् कि कसैसँग तपाईंको सहमति बिना तपाईलाई चिन्तित तुल्याउने शक्ति छैन, र यस अधिकारलाई तपाइँबाट कसैले खोसेर लिन पनि सक्दैन ।

५) दयालु हुनुहोस् ।
एक चिनियाँ उखान छ, ” यदि तपाईं बदला लिने जाँदै हुनुहुन्छ भने, तपाईले दुईवटा चिहान खन्नु हुन्छ,” तपाईको आक्रोशले तपाईलाई नष्ट गर्नेछ। दुनियाँ जस्तो छ त्यस्तै नै हुनेछ यो तिम्रो लागि कहिल्यै बदलिने छैन बदलिनु तपाइले नै पर्दछ । त्यसैले दुनियाँले के भन्छ यसबारे सोच्नु भन्दा पनि आफु दयालु हुनुमा ध्यान केन्द्रित गर्नुहोस । तपाइँ कहिल्यै पनि सबै व्यक्तिको लागि सहि बन्न सक्नुहुन्न त्यसैले सहि बन्नु भन्दा पनि दयालु बन्नु जरुरी छ । दयालु व्यक्तिले सबैलाई क्षमा गर्न सक्दछ र क्षमा गर्ने बानीले हामीलाई खुशी दिन सक्छ ।

६) प्रेम बाड्नुहोस ।
“भनिन्छ पिडा बाडे घट्छ प्रेम बाडे बढ्छ” सबैलाई प्रेम गर्नुहोस । सबैलाई घृणा गर्नुमा बेफाइदा जरुर छ तर सबलाई प्रेम गर्नुमा कहिँ पनि घाटा छैन । प्रेम बाड्ने मानिसलाई कहिल्यै प्रेमको अभाव हुदैन । प्रेम गर्ने व्यक्ति सबैको विश्वासको पात्र पनि बन्छ त्यसैले “क्षमा दिनु प्रेम गर्नु हो र प्रेम गर्नु क्षमा दिनु हो ।”

७) आफ्नो लागि आफैले उत्तरदायित्व लिनुहोस् ।
म किन यस्तो महसुस गरिरहेको छु, मलाई यो समस्या किन भयो, किन म पीडित छु वा किन मलाई यो दुर्घटना भयो यसको लागि कोहि अरु नै जिम्मेवार छ यसो सोच्नुले तपाईलाई झनै दुखि बनाउँछ । मसँग जे भयो मैले जे भोगिरहेको छु यो सब मेरै कारण भएको हो ,मेरो कतै न कतै केहि भुल भएको छ र अव त्यो गल्ति पत्ता लगाएर सुध्रिएर फेरी अगाडी बढ्नु छ ,मेरो जीवनमा आइपरेका तिता मिठा अनुभवको लागि म जिम्मेवार छु। ”भनेर अगाडी बढ्न सक्नुपर्छ ।

एक महान व्यक्तिले भनेका छन् ।  “तिम्रो भाइले अपराध गर्‍यो भने त्‍यसलाई हप्‍काऊ, र त्‍यसले पछुतो गर्‍यो भने तिमीले त्‍यसलाई क्षमा गर। यदि तिम्रो भाइले दिनमा सात पल्‍ट तिम्रो विरुद्धमा अपराध गर्‍यो, र सातै पल्‍ट तिमीकहाँ फर्किआएर ‘म पछुतो गर्छु’ भन्‍यो भने, तिमीले त्‍यसलाई क्षमा गर्नू।” संसारका सबै कुरा भन्दा  प्रेम महान छ । जहाँ साँचो प्रेम छ त्यहाँ रिस, डाह, झगडा, ईष्या, घमण्ड नै हुँदैन । प्रेमले असंख्यक गल्तीहरुलाई पनि ढाक्न सक्छ, कैयौं चोटहरुलाई पनि क्षमा दिन सक्छ ।

गुड न्यूज 24
www.goodnews24.com
GoodNews Media

 

यो पनि पढ्नुहोस् ..

[irp posts=”2573″] [irp posts=”3415″] [irp posts=”3558″] [irp posts=”3605″] [irp posts=”3790″] [irp posts=”3875″]

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button