मुख्य समाचारसमाचार

काठमाडौं महानगरको नि:शुल्क एम्बुलेन्स सेवा, ‘धन्यवाद बालेन’ – Good News 24

Gobal IME Bank

काठमाडौं । काठमाण्डौँ महानगर र नेपाल एम्बुलेन्स सर्भिस संयुक्त कार्यक्रम अनुसार काठमाण्डौँ उपत्यकामा पछिल्लो केहि समयदेखी निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ ।

काठमाण्डौँ महानगरको यो प्रशंसायोग्य कामबाट धरै आम सर्वसाधारणहरुले राहत पनि पाएका छन् । धेरैले आवश्यक परेको बेला एम्बुलेन्स सेवा लिन खोज्दा केहि निश्चित रकम तिर्नुपर्ने हुन्थ्यो तर काठमाण्डौँ महानगर र नेपाल एम्बुलेन्स सर्भिसको संयुक्त कार्यक्रमबाट भने पछिल्लो समय सर्वसाधरणहरुले निःशुल्क एम्बुलेन्स सेवा पाउने गरेका छन् ।

यस्तै, एकजना सर्वसाधारणले सामाजिक सञ्जालमा एउटा तस्बिर सार्वजनिक गर्दै काठमाण्डौँ महानगरपालिकाका कारण आफुले निःशुल्क एम्बुलेन्स सेवा प्राप्त गरेको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा ‘अनमोल पुरुष’ नाम गरेका व्यक्तिले सो बताएका हुन् । उनले आफुले निःशुल्क एम्बुलेन्स सेवा पाएको भन्दै महानगरका मेयर बालेन्द्र शाह बालेनलाई धन्यवाद समेत दिएका छन् । उनले काठमाण्डौँ महानगरले उपलब्ध गराएको एम्बुलेन्स सर्भिस को नम्बर १०२ मा सम्पर्क गरे लगत्तै एम्बुलेन्स घरमा आईपुगेको र आफुलाई अस्पतालसम्म पुर्याएको पनि बताएका छन् ।

उनले आफुलाई डेङ्गु लागेको बताएका छन् ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button