समाचार

सहुलियत अनुदानले किसान खुशी-Goodnews24

Gobal IME Bank

सप्तरी- सहुलियत अनुदानमा तरकारीको बीउ तथा धानको गबारो आदिको विषादी वितरण भएपछि कञ्चनरुप नगरपालिकाका किसान खुशी भएका छन् । नगरपालिकाको कृषि विकास शाखाले किसानलाई सहुलियत अनुदानमा तरकारीको बीउका साथै धानको गबारो इत्यादिको विषादी वितरण गर्न थालेपछि किसान खुशी भएका हुन् । अनुदानमा तरकारीको बीउ वितरणले किसानको हित भएको राजकिशोर महतोले बताउनुभयो । कृषिप्रधान देशमा जनताले अपेक्षा गरेअनुसारको लाभ लिन नसकिरहेको अवस्थामा पाएको अनुदानको सदुपयोग गर्नुपर्ने महतोको भनाइ छ ।

अहिलेसम्म तरकारीको बीउ ६२६ र विषादी ७८ किसानले लगेर लाभ लिएको कृषि विकास शाखाले जनाएको छ । बीउ र विषादी लाने क्रम जारी रहेको कृषि विकास शाखाका बेचन सढोक यादवले जानकारी दिनुभयो । किसानको उन्नति, प्रगतिबिना नगरको प्रगति हुन नसक्ने भएकाले किसानको हितमा नगरपालिकाले काम गरिरहेको नगरपालिकाले जनाएको छ । नगरप्रमुख वसन्तकुमार मिश्रले थोरै लगानीमा बढी उत्पादन हुने उन्नत जातको तरकारीको बीउ वितरण गरिएको बताउनुभयो । नगरपालिकाका अनुसार तरकारीको बीउ रु पाँच लाख ३१ हजार ६७० मा खरिद गरी ५० प्रतिशत अनुदानमा किसानलाई वितरण गरिएको छ । कृषि विकास शाखाका यादवले धानको गबारो आदिको विषादी रु दुई लाख १८ हजारमा खरिद गरी २५ प्रतिशत अनुदानमा किसानलाई वितरण गरिएको छ ।

गत वर्ष पनि कृषि विकास शाखाले किसानलाई ५० प्रतिशत अनुदानमा तरकारीको बीउ वितरण गरेको थियो । कृषि विकास शाखाबाट वितरण गरिएको बीउ उन्नत जातको भएको र राम्रोसँग उत्पादन हुने विश्वास रहेको किसान हेमप्रसाद अधिकारीले बताउनुभयो । कृषि विकास शाखाका प्राविधिकहरुले बेलाबेलामा किसानको खेतमा आई तरकारी बालीको निरीक्षण गरी सल्लाह सुझाव दिने गरेकोमा उहाँले खुशीसमेत व्यक्त गर्नुभयो ।

यो पनि पढ्नुहोस् ..
[irp posts=”3415″] [irp posts=”3558″] [irp posts=”3605″] [irp posts=”6152″] [irp posts=”6192″] [irp posts=”6588″]

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button