मुख्य समाचारसमाचार

सांसद चुनिएको भोलिपल्टै संसदीय दलको निर्वाचनको तयारी थाल्छुः गगन थापा

Gobal IME Bank

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले मतदान गर्नुभएको छ । महामन्त्री थापाले आज काठमाडौं महानगरपालिका–३० स्थित मैतीदेवी मन्दिर मतदान केन्द्रबाट मतदान गर्नुभएको हो । उहाँ काठमाडौं निर्वाचन क्षेत्र नम्बर–४ बाट प्रतिनिधिसभा सदस्य पदको उमेदवार हुनुहुन्छ ।

मतदानपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा महामन्त्री थापाले संवैधानिक व्यवस्था भित्रको चक्र नटुटाउन आग्रह गर्नुभयो । उहाँले प्रधानमन्त्रीका लागि आफूले प्रत्यक्ष संकेत दिएको बताउनु भयो । उहाँले नेपाली काँग्रेस बाहेक अरु कुनै पार्टीमा संसदीय दलका लागि औपचारिकता पनि पूरा नहुने बताउनु भयो । महामन्त्री थापाले सांसद चुनिएर गएको भोलिपल्टबाट नै संसदीय दलको निर्वाचनको तयारी गर्ने बताउनु भयो । उहाँले ड्राइभिङ सिटमा बसेर कठिनालाई पार गर्ने आफ्नो प्रमुख चुनौती रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘यो परोक्ष संकेत होइन । यो प्रत्यक्ष संकेत हो । नेपाली काँग्रेसमा विजयी सांसदबाटै संसदी दलको नेता चुनिने हो । आजको दिनको यथार्थ के हो भने नेपाली काँग्रेस बाहेक, अरु कुनै पार्टीमा संसदीय दलका लागि औपचारिकता पनि पूरा हुँदैन जस्तो लाग्छ । मैले यो घोषणा गरेको होइन अवस्था बताएको हुँ । आइहालेको अवस्थामा नेपाली काँग्रेस भित्र आउने हो । जहा संसदीय दलको निर्वाचन हुन्छ । जहाँ मैले मेरो दाबी प्रश्तुत गरेको छु । दाबी गरेको मात्र होइन, यहाबाट सांसद भएर गएको भोलिपल्ट बाटै संसदीय दलको निर्वाचनको तयारी गर्ने हो । लड्न्े हो, जित्ने हो । सोही आधारमा म जान्छु र ड्राइभिङ सिटमा बसेर कठिनालाई पार गर्ने हो भने मेरो संकल्प हो ।’

महामन्त्री थापाले काठमाडौं क्षेत्र नम्बर ४ का मतदाताहरु शिक्षित रहेकाले आफ्नो विवेकको प्रयोग गरी मतदान गर्न आग्रह गर्नुभयो ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button