मुख्य समाचारसमाचार

गण्डकी प्रदेशको सभामुखमा सत्तारुढ गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का धिताल निर्वाचित

Gobal IME Bank

कास्की । गण्डकी प्रदेशको सभामुखमा सत्तारुढ गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का कृष्णप्रसाद धिताल निर्वाचित हुनुभएको छ । उहाँले ३२ मत पाउनुभयो ।

गठबन्धनका उम्मेदवार धिताललाई नेकपा (एमाले)का २१, नेकपा(माओवादी केन्द्र) का आठ, राष्ट्रिय प्रजातन्त्र पार्टीका दुई र स्वतन्त्र एक प्रदेशसभा सदस्यको साथ रहेको थियो । कांग्रेसले सरस्वती अर्याललाई सभामुखको उम्मेदवार बनाएको थियो । उहाँले २६ मत प्राप्त गर्नुभयो ।

सभामुखको निर्वाचन प्रक्रियामा ५८ जनाले भाग लिनुभएको थियो । नेकपा(एमाले)बाट निर्वाचित ज्येष्ठ सदस्य मित्रलाल बस्यालले सभाको अध्यक्षता गर्नुभएकाले मतदानमा भाग लिनुभएन भने नेपाली कांग्रेसका एक सदस्य अनुपस्थित रहनुभयो ।

सभामुखमा निर्वाचित हुनुभएका धितात मङ्सिर ४ गतेको निर्वाचनमा गोरखा क्षेत्र नं १ (१) बाट प्रदेशसभामा निर्वाचित हुनुभएको थियो । उहाँ नेकपा (माओवादी केन्द्र) को केन्द्रीय सदस्य तथा गोरखा जिल्लाको इन्चार्जसमेत हुनुहुन्छ । सत्ता गठबन्धनमा गण्डकी प्रदेशमा नेकपा(एमाले)ले मुख्यमन्त्री र माओवादीले सभामुख पाउने गरी समझदारी भएको थियो । सोहीअनुसार नेकपा (एमाले) का संसदीय दलका नेता खगराज अधिकारी मुख्यमन्त्री नियुक्त भएर शुक्रबार प्रदेशसभाबाट विश्वासको मत पाइसक्नुभएको छ । गण्डकी प्रदेशसभामा ६० सदस्य छन् । प्र्रदेशसभामा कांग्रेसका २७, एमालेका २२, माओवादी केन्द्रका आठ, राप्रपाका दुई र एक स्वतन्त्र सदस्य रहेका छन् ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button