मुख्य समाचारशिक्षा स्वास्थसमाचार

गर्मीमा लाग्ने रोगहरुबाट कसरी बच्ने ? यी हुन् ११ उपायहरु…

Gobal IME Bank

एजेन्सी । जाडोयाममा भन्दा गर्मीयाममा बाहिरी वातावरणका कारण हामी धेरै नै बिरामी हुने गर्छौ । गर्मीको उच्च तापक्रमका कारण किटाणु बढ्नुका साथै शरीरमा रोगसँग लड्ने प्रतिरोधात्मक क्षमतामा कमी आउने हुँदा हामी गर्मीयाममा बढी बिरामी पर्ने गर्दछौं । एकै किसिमको जीवनशैली र खानपान हुँदाहुँदै पनि गर्मीमा धेरै बिरामी पर्ने भएकोले हामीले यस समयमा स्वस्थ्य रहने अनेकौं उपायहरु अपनाउनु पर्दछ ।

चिसोमा भन्दा तातो समयमा तुलनात्मक रुपमा भाइरसहरु एक्टीभ रहने गर्छ । त्यसैले गर्मीमा हामीाई रोगहरुले छिट्टै समात्ने गर्छ । खानपानमा उचित ध्यान दिँदादिँदै पनि हाम्रो अन्य कार्य तथा जीवनशैलीका कारण प्रभाव पर्ने हुँदा हामीले गर्मीयाममा आफ्नो शरीरलाई विशेष ध्यान दिनुपर्ने हुन्छ । गर्मीमा विशेषगरी भाइरल ज्वरो, डेंगु, ज्वरो, रुघाखोकी, निमोनिया र झाडाबान्ता इत्यादि रोगहरु देखा पर्छन् ।
प्रदूषित हावा तथा वातावरणका कारण लाग्ने यस्ता रोगहरुबाट हामीले सावधानी अपनाएको खण्डमा बच्न सकिन्छ । त्यसका लागि हामीले निम्न उपायहरु अपनाउन सकिन्छः

१. शुद्ध पानी पिउने
२. खानपिनमा विशेष ध्यान दिने
३. ताजा र सफा खानपिनमा जोड दिने
४. सागसब्जीको बढी सेवन गर्ने
५. सुत्दा होस् या अन्य समयमा सम्पूर्ण शरीर ढाक्ने कपडा लगाउने
६. राति सुत्दा झुलको प्रयोग गर्ने
७. सकेसम्म खाटमा सुत्ने
८. घाममा हिँड्दा छाता वा अन्य स्कार्फ वा क्यापको प्रयोगले टाउको ढाक्ने
९. सरसफाइमा विशेष ध्यान दिने
१०. लामखुट्टेको टोकाइबाट जोगिने खाली खुट्टा नहिड्ने ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button