मुख्य समाचारसमाचार

राष्ट्रपतिविरुद्ध गठबन्धनका चार दलको संयुक्त विज्ञप्ति, संवैधानिक व्यवस्थामाथि प्रहारको आरोप – Good News 24

Gobal IME Bank

काठमाडौं । सत्तारुढ गठबन्धनका चार दलले संयुक्त विज्ञप्ति जारी गरेको छ । नागरिकतासम्बन्धी विधेयक निर्धारित १५ दिनको समयसीमाभित्र प्रमाणीकरण नगरेर राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक व्यवस्थामाथि प्रहार गरेको गठबन्धनको ठहर छ ।

संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रपतिको यो गैरसंवैधानिक कदमबाट जनताले निर्वाचित गरेको संघीय संसदको घोर अपमान र अवमूल्यन भएको छ ।’

‘राष्ट्रपतिको यो कदमविरुद्ध सचेत रहन संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संवैधानिक व्यवस्थाका पक्षधर सबै राजनीतिक दल, नागरिक समाज, बौद्धिक समुदाय, सञ्चार जगतलगायत सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा यो बैठक आह्वान गर्दछ’, विज्ञप्तिमा भनिएको छ ।

जारी विज्ञप्तिमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको हस्ताक्षर रहेको छ ।

विज्ञप्ति:

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button