समाचार

सिट बाँडफाटका लागि सत्ता गठबन्धनको बैठक बस्दै -Good News 24

Gobal IME Bank

काठमाडौँ २०  श्रावण ।  चुनावको मिति तय भएसंगै सत्ता गठबन्धनमा सिट बाँडफाँटको विषयमा छलफल सुरु भईरहेको छ । नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार विहान सिट बाँडफाँडका विषयमा छलफल गर्न गठबन्धनको बैठक बोलाएका छन् । अहिले बिहान साढे ९ बजे प्रधानमन्त्रीको निवास बालुवाटारमा गठबन्धनको बैठक बस्न लागेको छ । सत्ता साझेदार दलहरुबीच स्थानीय तह निर्वाचनमा जस्तै गठबन्धन गरेर निर्वाचनमा जाने विषयमा छलफल हुँदै आएरहेको छ तर हालसम्म सिट बाँडफाँटको विषयमा टुंगो लागेको छैन । प्रतिनिधिसभामा १६५ र प्रदेश सभामा ३३० सिट छन् । गठबन्धनमा ती सबै सिटमा गठबन्धन दलबीच भागबण्डा गर्ने वा केही क्षेत्रमा मात्रै गठबन्धन गर्ने भन्नेबारे सहमति भइसकेको छैन । सोही कुरालाई टुंगो दिन आज बैठक बस्दै छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button