मुख्य समाचारसमाचार

के तपाइलाई गौतम बुद्धका बारेमा यी कुराहरु थाहा थिए ? रोचक तथ्यहरु…

Gobal IME Bank

एजेन्सी । गौतम बुद्ध विश्वभर द लाइट अफ एसिया भनेर चर्चित हुनुहुन्छ । उहाँले नै बुद्ध धर्मको स्थापना गरेका थिए । गौतम बुद्दको जन्म इसापूर्व ५६३ मा नेपालको तराई स्थित कपिलवस्तु जिल्लाको लुम्बिनीमा भएको थियो । बुद्धको वास्तविक नाम सिदार्थ गौतम बुद्ध हो । बुद्ध धर्म विश्वभर निकै प्रख्यात छ ।
बुद्ध धर्म एसियालगात विश्वभर प्रख्यात छ । उनीसँग जोडिएका केही रोचक तथ्य

१. बुद्धले २९ वर्षको उमेरम नै ज्ञान प्रप्त गर्नको लागि आफ्नो घर छाडेका थिए ।

२. सिदार्थ अर्थात गौतम बुद्धले ३५ वर्षको उमेरमा भारतको बोधगयामा बुद्धत्व प्राप्त गरेको बताइन्छ । पीपलको रुखमुनि ४९औं दिनमा ज्ञान प्राप्त गर्नु भएको थियो । यसपछि उहाँ बुद्धको नामबाट चर्चित हुन थाल्नु भयो।

३. माहात्मा गौतम बुद्धले ज्ञान प्राप्तिपछि वारणसी सँग सारनाथमा पहिलो पटक पाँच साधुलाई उपदेश दिनुभएको थियो ।

४. चार आर्य सत्य, दुःख, दुःखी समुदाय, दुःख निरोध तथा दुःख निवारक मार्ग अर्थात अष्टांगिक मार्ग बौद्ध धर्मको मूलधार हो ।

५. बुद्ध धर्मको स्थापना गरिसकेपछि बुद्धले तपस्स तथा कल्लक नामका दुई शुद्रलाई बुद्ध धर्ममा सर्वप्रथम अनुयायी बनाएका थिए ।

६. बुद्धका प्रधान शिष्यको नाम उपालि तथा आनन्द हो ।

७. बुद्धले मानवलाई सेवालाई धेरै जोड दिनुहुन्थ्यो ।

८. बुद्ध धर्मले वर्ण व्यवस्था र जाति प्रथाको विरुद्ध गर्छ । यस धर्मले कुनै भेदभाव, छुवाछुतलाई मान्दैन ।

९. बुद्ध धर्मका अनुयायीहरुले महिनाको ४ दिन अमावस्या, पूर्णिमा तथा दुई दिन चतुर्थी दिवसको उपवास राख्ने गर्छन् ।

१०. बुद्ध धर्मका सबैभन्दा पवित्र तथा मुख्य चाड वैशाख पूर्णिमा हो । यो दिन बुद्ध पूर्णिमाको नामबाट विश्वभर प्रसिद्ध छ ।

११. हीनयान र महायानलाई बुद्ध धर्मका सबैभन्दा प्रमुख सम्प्रदाय मानिएको छ ।

१२. हीनयान सम्प्रदायका अनुयायीहरु धेरै श्रीलंका, म्यानमार तथा जावा देशमा रहेका छन् ।

१३. यस्तै महायान सम्प्रदायका अनुयायीहरु धेरै तिब्बत, चीन कोरिया मंगोलिया तथा जापानमा रहेका छन् ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button