मुख्य समाचारसमाचारसूचना प्रविधि

ग्यास गिजर र इलेक्ट्रिक गिजरमा कुन बढी सुरक्षित ? जानी राखौं

Gobal IME Bank

काठमाडौँ । जाडो महिनाको सुरुवात भएसगैँ हामीलाई नुहाउने भन्ने सुनेपछि सारै नै अल्छी लाग्छ । अझै चिसो पानीले नुहाउने भनेको सुन्दा नै हाम्रो जीउ कठ्यांग्रिने गर्छ । यस्तो बेलामा हाम्रो विकल्प भनेको हो तातो पानीको प्रयोग । आजभोलि तातो पानीका लागि बजारमा निकै प्रचलित छन् गिजर । नेपाली बजारमा विशेषगरी ग्यास गिजर र इलेक्ट्रिक गिजर पाइने गर्छ । यी मध्ये कुन गिजर सुरक्षित, टिकाउ र उपयोगी हुन्छ र यी दुईको मूल्यमा के कस्तो भिन्नता छ ? भन्ने प्रश्न हामी सबैको मनमा आउने गरेको छ । यिनै विषयमा केही कुरा जानी राखौँ ।

गिजरका प्रकार

ग्यास गिजरः हामीले खाना पकाउने साधारण ग्यासकै प्रयोग ग्यास गिजरमा हुन्छ । इलेक्ट्रिक गिजरको तुलनामा यसले धेरै छिटो पानी तताउँछ । यसको सञ्चालन खर्च पनि इलेक्ट्रिक गिजरको भन्दा लगभग आधा कम हुन्छ । तर यसलाई जडान गर्न ठूलो स्थान र छुट्टै भेन्टिलेसन चाहिन्छ ।

इलेक्ट्रिक गिजरः इलेक्ट्रिक गिजरले ग्यास गिजरभन्दा बढी तापक्रममा पानी तताउँछ । यो ग्यास गिजर भन्दा सानो हुन्छ र यसलाई जडान गर्न समेत सजिलो हुन्छ । यसलाई जडान गर्न सानो ठाउँ र थोरै भेन्टिलेसन भए पुग्छ । इलेक्ट्रिक गिजर आफूलाई चाहिने वाटर क्यापेसिटी अनुसार कति लिटरको भनेर रोज्न सकिन्छ ।

मूल्यमा भिन्नता

ग्यास गिजरको मूल्य ५ हजार रुपैयाँदेखि १५ हजार रुपैयाँसम्म पर्छ भने इलेक्ट्रिक गिजरको मूल्य १० हजार रुपैयाँदेखि ३० हजार रुपैयाँसम्म पर्छ । तुलनात्मक रूपमा ग्यास गिजर इलेक्ट्रिक गिजर भन्दा सस्तो हुने गर्छ ।

ग्यास गिजर कि इलेक्ट्रिक गिजर ? कुन धेरै टिकाउ

यी दुवै गिजर टिकाउ नै हुन्छन् । तर यसको अवस्था ब्राण्ड अनुसार र हामीले कसरी प्रयोग गर्छौ भन्ने कुरामा भर पर्छ । तुलनात्मक रूपमा ग्यास गिजर भन्दा इलेक्ट्रिक गिजरमा अलि धेरै समस्या आउने र बिग्रने हुन्छ ।

कुन कुन ब्रान्ड ?

नेपालमा विभिन्न ब्रान्डका गिजर पाइन्छ र त्यसमध्ये बढी गाह्रकहरुले मन पराएको ब्रान्डहरू भने सिजी, केन्ट, बाल्ट्रा, हिलटेक र बजाज लगायतका ब्रान्ड हुन् ।

कसरी प्रयोग गर्ने ?

ग्यास गिजर होस् वा इलेक्ट्रिक गिजर दुवै प्रयोग गर्दा केही सावधानी अपनाउनुपर्ने हुन्छ । गिजर जडान गर्न आउने व्यक्तिले तपाईंलाई गिजर प्रयोग गर्न सिकाउँछन् । ब्राण्ड अनुसार प्रयोग गर्ने तरिका छुट्टै हुन सक्छ । इलेक्ट्रिक गिजर खोलेपछि पानी तात्न २५ देखि ३० मिनेट लाग्छ भने ग्यास गिजरमा खोल्ने बित्तिकै तातो पानी आइहाल्छ ।

ग्यास गिजर कि इलेक्ट्रिक गिजर उचित र सुरक्षित ?

तातो पानीको लागि इलेक्ट्रिक र ग्यास दुवै गिजर उपयुक्त हुन्छ । कतिपयले ग्यास गिजर रुचाउछन् भने कतिपयले इलेक्ट्रिक गिजर । इलेक्ट्रिक गिजरमा बटन अन गर्ने बित्तिकै करेन्ट आउँछ । यदि गिजर बिग्रिएको छ भने हामीलाई करेन्ट लाग्ने डर हुन्छ । तर ग्यास गिजरमा यस्तो भने हुदैन् । ग्यास गिजरले कार्बोन मोनोअक्साइड ग्यास प्रड्युस गर्ने हुँदा राम्रो भेन्टिलेसन राखेर प्रयोग गर्दा ग्यास गिजर सुरक्षित नै हुन्छ । इलेक्ट्रिक गिजर सट हुने डर हुन्छ तर ध्यानपूर्वक प्रयोग गरेमा भने दुवै सुरक्षित नै छन् ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button