अन्यप्रेम, विवाह, याैनशिक्षा स्वास्थसमाचार

तपाई कसैको बेस्ट फ्रेन्ड बन्न चाहनु हुन्छ ? यि कुराहरूमा ध्यान दिनुहोस् – GoodNews 24

Gobal IME Bank

  भनिन्छ नि तपाई जस्तो बन्न चाहनु राख्नु हुन्छ, त्यस्तै मानिसहरुलाई आफ्नो वरपर राख्नुहोस् तर आफ्नो वरपर भएको मित्रहरुले आफूलाई साँचो माया र साथ दिइराखेका छ कि छैन भनेर कसरी थाहा पाउने टिप्सहरू पढ्नुहोस् ।

१. तपाईको कुरा सुन्छ 
तपाईलाई जब आवश्यक पर्छ साँचो र असल मित्रले तपाईको दुख-सुखको कुरा सुन्नलाई उपस्थित हुन्छ र चाहिएको समय दिन्छ ।

२. गल्ती भन्छ
तपाईको धेरै कुरा, निर्णय वा क्रियाकलाप गलत भइरहेको छ भने उसले तपाईलाई  ‘यहाँ गलत छ । ‘ या भयाै भनेर निसंकोच भनि दिन्छ।

३. साथ दिन्छ
यधपि  तपाईले आफ्नो साथीको असहमतिमा कुनै निर्णय गर्नुभयो भने पनि तपाईको असल मित्रले सहमति जनाउँछ।  तपाईलाई सदैव उसले साथ दिन्छ।

४. झुट बोल्दैन्
असल मित्रले झुट बोल्दैन् । तपाईको लवाइ, हिडाई वा कुनै पनि क्रियाकलाप गलत वा नराम्रो भइरहेको छ भने उसले झुट नबोली भनिदिन्छ। यहाँ सुर्धानु पर्छ भनेर सल्लाह दिन्छ।

५. खोजी गर्छ
तपाई कहाँ हुनुहुन्छ ? के गर्दै हुनुहुन्छ ? कस्तो मानिसको संगतमा हुनुहुन्छ ? यी सबै कुराको खोजी उसले गरिरहन्छ। तपाईलाई सहि र गलतको भिन्नता बुझ्न सिकाउँछ।

६. एकान्त समय दिन्छ
जब तपाईलाई एक्लो बस्न मन गर्नुहुन्छ, उसले बुझेर एकान्त समय दिन्छ।  तपाईको काम, प्रेम सम्बन्ध, परिवार आदिबाट तनाव भइरहेको बेला असल मित्रले बुझेर, सम्मान गरी समय दिन्छ ।

७. विजय मनाउँछ र हारमा उत्साह दिन्छ
तपाईको उन्नति र प्रगति निस्वार्थ भावले मनाउँछ। उन्नति र प्रगतिमा बधाई दिई अझ उच्च स्थान हासिल गर्न  उत्साह दिन्छ। तपाईको हारमा उ पनि दुखी हुन्छ। अवस्थाको खिल्ली नउडाई आगामी दिनहरुमा फेरि प्रयास जारी राखी अगाडि बढ्न प्रोत्साहन  दिन्छ।

८. तपाई जो हो चिनाउँछ
तपाईको भित्री र बाहिरी जीवन फरक भएको अवस्थामा तपाई आफैले स्वीकार गरिरहेको हुदैन भने उसले आफूलाई चिन्नमा मदत गर्छ।  भित्र र बाहिर एउटै रुप धारण गर्न उसले तपाईलाई सिकाउँछ।

९. वास्ता गर्छ
साँचो र असल मित्रले तपाईको जीन्दगी, इच्छा र धारणाहरुको बारेमा सधै सोध्छ। आवश्यक परेको खण्डमा तपाईलाई उत्कृष्ट मान्छे बनाउन लागि पर्छ।

१०. भेट्न समय निकाल्छ
धेरै पटक आफ्नो व्यस्तताको कारण साथीसँग भेटघाट गर्न पाइराखेको हुदैन । असल मित्रले तपाईलाई भेट्नलाई कहि न कहि समय निकाल्छ । टाढा वा नजिक जहाँ भए पनि उसले तपाईको लागि समय निकालेर भेट्छ।

यो पनि पढ्नुहोस् ..
[irp posts=”3415″] [irp posts=”3558″] [irp posts=”3605″] [irp posts=”3554″] [irp posts=”6152″]

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button