Friday , 24 September 2021

मकवानपुरमा ३९ जना कोरोनामुक्त – GoodNews24

मकवानपुरमा आइतबार ३९ जना कोरोनामुक्त भएका छन् । हेटौंडा–४ स्थित कर्रा र हेटौंडा–६ स्थित गौरीटार आइसोलेसनमा उपचाररत उनीहरुको २४ घण्टामा दुईपटक स्वाब परीक्षण गर्दा नेगेटिभ नतिजा आएको हो । हेटौंडा–१० स्थित किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा गरिएको पीसीआर रिपोर्ट नेगेटिभ आएसँगै उनीहरु ३९ जनालाई आज बिहान डिस्चार्ज गरिएको हो । कोरोनाको फलोअप परीक्षणका क्रममा कोरोना नेगेटिभ देखिएको हो । कोरोना जितेसँगै उनीहरू आइसोलेसनबाट डिस्चार्ज भएको आइसोलेसन वार्ड इञ्चार्ज भोला चौलागाईंले बताएका छन्।

यसमा तपाईको मत कमेन्ट गर्नुहोस्
Loading...

Check Also

आजदेखि खोप प्रदेशमा पठाइँदै-Goodnews24

काठमाडौँ, १० माघ – कोभिड–१९ विरुद्धको खोप ‘कोभिशिल्ड’ आजदेखि सातवटै प्रदेशमा पठाउन थालिएको छ । …

Powered by Youth Circle