अन्यसमाचार

ट्राफिक नियम उल्लंघन गर्दा खादा र फुल – GoodNews24

Gobal IME Bank

gorkha news(गोरखा) —तपाईं हामीले ट्राफिक नियम पालना गरेनौं भने ट्राफिक प्रहरीले लाइसेन्स वा ब्लुबुक आफूले लिएर एउटा चिट थमाइदिन्छ। आफ्ना कागजात फिर्ता लिनुअघि ट्राफिक प्रहरीको कक्षा लिनुपर्छ। तर शुक्रबार गोरखामा भने ट्राफिक नियम मिच्नेले यी सबै ब्यहोर्नु परेन। आबुखैरेनी-गोरखा सडकको १२ किलो बजारमा  ट्राफिक प्रहरीले ट्राफिक नियम उल्लंघन गर्नेहरूलाई पुष्पगुच्छा दिए, खादा ओढाए । ट्राफिक नियम पालना गराउन गोरखा प्रहरीले नयाँ अभियान थालेको हो । शुक्रबार बाह्रकिलोमा स्थानीय चकित थिए र यो दृश्य हेर्नेको ठुलो भिड थियो । सडकमा तैनाथ प्रहरीले शुक्रबार सवारी नियम उल्लंघन गर्ने एउटै चालकलाई कारवाही गरेनन् बरु जरिवानाको साटो पुष्पगुच्छा, खादा र चेतनामुलक सामाग्री वितरण गरि सम्झाइ बुझाइ गरे । ट्राफिक निमय पालनामा सर्तक रहनु सुझाए ।

एसपी  ओम अधिकारीले भने, ‘नियम उल्लंघन गर्नेको संख्यामा कमि आओस् भनेर यो अभियान शुरु गरेका हौँ ।’‘२९ दिन चाँही नियम उल्लंघन कतिसम्म गरेको छ त्यही अनुसारको कारवाही र जरिवाना हुन्छ, एक दिन भने फुल दिइ सम्झाइ बुझाइ गरेर छाड्छौँ,’ साथै जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख सुकबहादुर बिकले  ‘गल्ती रियलाईज होस्, अब गल्ती गर्नु हुँदैन भन्ने भाव बुझुन् भनेर पुष्प गुच्छा र खादा’ लाइने अभियान शुरु गरेका हौँ,’  भनेर बताए  प्रहरीसँग चालक डराउने होइन, नियम पालना गराउँछ भन्ने सन्देश फैलाउन यो अभियान एकदम प्रभावकारी हुने प्रहरीको बिश्वाश रहेको पनि जानकारी गराए ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button