समाचार

किसानलाई निवृत्तिभरण – GoodNews24

Gobal IME Bank

तम्घास, १९ पुस  ःकृषि र कृषिजन्य वस्तुको उत्पादन र उत्पादकत्वमा वृद्धि गर्न छत्रकोट गाउँपालिकाले किसानलाई निवृत्तिभरण कार्यक्रम शुरुआत गर्ने भएको छ । निवृत्तिभरण दिने योजना बनाउने छत्रकोट गुल्मीको पहिलो गाउँपालिका भएको जनाइएको छ ।

खाद्य सुरक्षा तथा गरिबी निवारणमा योगदान गर्र्दै समृद्ध किसान बनाउने उद्देश्यले निवृत्तिभरण कार्यक्रम शुरु गर्न लागेको हो । यसका लागि नवांै गाउँसभाबाट ‘किसान पेन्सन (किसान प्रोत्साहन) कार्यक्रम सञ्चालन कार्यविधि‘ ०७७ पारित गरिएको छ ।

गाउँपालिकाका अध्यक्ष मधुकृष्ण पन्थले कृषिमा यान्त्रिकरणको प्रयोगबाट उत्पादन एवं उत्पादकत्व बढाउने, व्यावसायिक कृषि प्रणालीबाट प्रतिस्पर्धात्मक क्षमता बढाउने, प्राविधिक स्रोत, वातावरण र जैविक विविधताको संरक्षण सम्बद्र्धन एवं सदुपयोग गर्ने जानकारी दिनुभयो । उहाँले गाउँपालिकालाई कृषि र पशु क्षेत्रको उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्यले गाउँपालिकाले किसानलाई निवृत्तिभरण दिन लागिएको बताउनुभयो ।

गाउँपालिकाले निवृत्तिभरण पाउने किसानलाई तीन वर्गमा विभाजन गरेको छ । ‘क’ वर्गको किसानलाई हरियो, ‘ख’ वर्गको किसानलाई निलो र ‘ग’ वर्गको किसानलाई पहेँलो परिचयपत्र दिने योजना बनाएको छ । किसानले वर्ग अनुसार निवृत्तिभरण प्राप्त गर्नेछन् । गाउँपालिकाले अहिले डाटा सङ्कलन गरिरहेको र वास्तविक किसान पहिचानपछि कार्यविधि संशोधन गरेर वर्ग अनुसार निवृत्तिभरण (प्रोत्साहन भत्ता) तोक्ने गाउँपालिका उपाध्यक्ष नर्मदा भण्डारीले जानकारी दिनुभयो ।

कार्यविधिमा गाउँपालिका अध्यक्ष संयोजक रहेको ५ सदस्यीय पेन्सन छनोट समिति र उपाध्यक्षको संयोजकत्वमा चार सदस्यीय अनुगमन समितिको पनि व्यवस्था गरिएको छ । कार्यविधिअनुसार पशुपक्षीको ‘क’ वर्गको लागि व्यक्ति वा व्यावसायीक फर्ममा गाईभैँसी पाँच माउ, बाख्रा २५ माउ, बङ्गुर १० माउ, कुखुरा बोइलर प्रजाति ५००, मौरीसहित मौरी घार २० र टर्की एक सय स्थानीय हाँस २५० हुनुपर्ने कार्यविधिमा रहेको छ । यसैगरी कृषि तर्फ ‘क’ वर्गका लागि कागती÷सुन्तला÷अमिलो÷आँप÷लिची जातका १०० बोट, उत्पादन दिने तरकारी टर्नेल १०, च्याउ घर टर्नेल ५, बिजवृद्धि ५ रोपनी, कफी ५ रोपनी, उखु १० रोपनी, खाद्यान्य २५ रोपनी र केरा भूइँकटर प्रजाति एक हजार बोट हुनुपर्ने व्यवस्था कार्यविधिमा रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दामोदर भण्डारीले जानकारी दिनुभयो ।

यसैगरी पशुपक्षीमा ‘ख’ वर्गको लागि गाईभँैसी ४ माउ, बाख्रा १५ माउ, बङ्गुर ७ माउ, बोइलर कुखुरा प्रजाति ३००, मौरीसहित मौरी घार १५, टर्की ७५ र स्थानीय हाँस १५० हुनुपर्नेछ । त्यस्तै कृषिमा ‘ख’ वर्गको लागि उत्पादन दिने कागती ÷सुन्तला ÷अमिलो ÷आँप÷लिची जातका ७० बोट, उत्पादन दिने तरकारी टर्नेल ७, च्याउ घर टर्नेल ३, बीजवृद्धि ३ रोपनी, कफी तीन रोपनी, उखु ७ रोपनी, खाद्यान्य २० रोपनी र केरा भूइँकटर प्रजाति ७०० बोट आवश्यक पर्ने उहाँले बताउनुभयो ।

गाईभैँसी तीन माउ, बाख्रा १० माउ, बङ्गुर ५ माउ, बोइलर कुखुरा प्रजाति २००, मौरीसहित मौरी घार १०, टर्की ५० र स्थानीय हाँस १०० भएका पशुपक्षीमा ‘ग’ वर्गमा पर्नेछन् । यसैगरी कृषिमा ‘ग’ वर्ग लागि उत्पादन दिने कागती ÷सुन्तला ÷अमिलो ÷आँप÷लिची जातका ५० बोट, उत्पादन दिने तरकारी टर्नेल ५, च्याउ घर टर्नेल दुई, बीजवृद्धि २ रोपनी, कफी दुई रोपनी, उखु २ रोपनी, खाद्यान्य ५ रोपनी र केरा भूइँकटर प्रजाति ५०० बोट हुनुपर्ने गाउँपालिकाले जनाएको छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button