मनोरञ्जनमुख्य समाचारसमाचार

“गुर्खास कप २०२३” को उपाधि आयोक गुर्खास किचेनलाई

Gobal IME Bank

काठमाडौं । अस्ट्रेलियाको गोल्ड कोस्ट शहरमा सम्पन्न “गुर्खास कप २०२३” को उपाधि आयोजक गुर्खास किचेनले जितेको छ । उपाधिका लागि फाइनल खेलमा गुर्खास किचेनले ८८४८ क्रिकेट टिमलाई ४ विकेटले पराजित गरेको हो ।

दुक्स ओवल मैदानमा भएको फाइनल खेलमा टस जितेर ८८४८ क्रिकेट टिमले पहिले ब्याटिंग गरेको थियो, पहिलो पारिमा उसले ५३ रन बनाएको थियो, जवाफी ब्याटिंगमा उत्रेको गुर्खास किचेनले पनि दिएको लक्ष्य ३ बल बाकि रहदा हात पारेको थियो ।

राउण्ड रबिन फर्म्याटमा खेलाइएको उक्त प्रतियोगितामा ५ टोलीको सहभागिता रहेको थियो । एक दिने प्रतियोगिताको उत्कृस्ट खेलाडीको उपाधि प्रज्वल खारेलले हात पारे भने, उत्कृस्ट बलर र ब्याट्सम्यान क्रमस बिशाल पाठक र एभरेष्टले हात पारे । प्रतियोगिताको फाइनलमा ८८४८ अंक तालिकाको शीर्ष स्थानमा रही प्रवेस गरेको थियो भने गुर्खासको टोलि तालिकामा तेश्रो भइ प्ले अफ खेलेर पुगेको थियो ।

प्रतियोगिता अवधि भर मैदानमा बाक्लो नेपाली दर्शकको उपस्तिथि रहेको थियो । खेल अवधि भर आफु नेपाल कै कुनै मैदानमा बसी खेल हेरिरहेको अनुभव भएको एक दर्शकले जनाएका छन् । प्रतियोगिताको दोस्रो संस्करणको लागि पनि तयारी भैरहेको र दोश्रो संस्करण अझ आकर्षक हुने आयोजक मानिस भट्टराईले जानकारी दिनुभयो ।

यस प्रतियोगिताको मुख्य प्रयोजन सक्सेस एजुकेसन एण्ड भिसा सर्भिसेसले गरेको थियो भने मल्टि डाइनामिक, मिदास फाइनान्स, डेसी टड्का, रसोइ मास्टर, भियतनाम ओइ, अन्नपूर्ण बेभरेज, ८८४८ मस् मस् हाउस, नेपाली कम्युनिटी गोल्ड कोस्टले प्रतियोगिताको सह प्रायोजक थिए ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button