समाचार

गुरु पूर्णिमा, गुरुजनप्रति सम्मान गरेर मनाइँदै -Good News 24

Gobal IME Bank

२९ असार, काठमाडौं । आसाढ शुक्ल पूर्णिमाका दिन आज गुरुहरु प्रति सम्मान गर्दै गुरुपुर्णिमा मनाइदै छ । आजको दिन आफूलाई शिक्षा प्रदान गर्ने गुरुप्रति श्रद्धा भाव प्रकट गरी मनाउने गरिन्छ। यस दिन गुरुका रूपमा ज्ञानको पूजा गर्ने गरिन्छ। गुरुप्रति श्रद्धा र सम्मान प्रकट गर्दै यस दिन देशभरि गुरु पूर्णिमा मनाउने गरिन्छ। गुरु भनेको शिक्षा दिने र मार्गदर्शन गर्ने आदर्णीय ब्यक्तित्व हो जसले असल मार्गमा डोर्याउन मद्दत गरेको हुन्छ ।

माता पिताजस्तै गुरुलाई पनि देवता समान मानी ‘आचार्यदेवो भव’ भनिन्छ । गुरुपूर्णिमाका अवसरमा मंगलबार विद्यालय एवं विभिन्न संघसंस्थाले कार्यक्रम गरी शिक्षादीक्षा दिने गुरुप्रति श्रद्धाभाव प्रकट गर्दैछन्।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button