मुख्य समाचारशिक्षा स्वास्थसमाचार

पुदिना किन खाने ? ग्यास्ट्रिकदेखि मुहार चम्किलो बनाउनसम्म फाइदाजनक

Gobal IME Bank

काठमाडौँ । पुदिनाको अचार स्वास्थ्यको लागि लाभदायी मानिन्छ। यसले शरीरमा शीतलता प्रदान गर्नुका साथै विभिन्न रोगहरुबाट बचाउँछ।

पुदिनाको अचारले खानाको स्वादलाई बढाउने गर्छ साथै शरीरलाई शीतलता प्रदान गर्छ। पेट, त्वचा लगायतको समस्यामा पनि पुदिनाको अचार लाभदायी हुन्छ। त्यस्तै प्रसवको समयमा पनिपुदिनाको अचारको सेवन गर्नु लाभदायी छ।

पुदिनाको पात पिसेर निधारमा लगाएमा टाउको दुख्ने समस्याबाट आराम पाइन्छ।

पुदिना, तुलसी, अदुवा र कालीमोर्चालाई मिसाएर पानीमा उमाल्नुहोस् यस रसले ग्यास्ट्रिकको समस्या भएकोले लगातार सेवन गर्दा जरैदेखि समस्या समाधान हुन्छ।

पुदिनाको पातको धुलोलाई चिनीसंग मिसाएर खाएमा पेट दुख्ने समस्या निको हुन्छ।

पुदिनाको ताजा रस सेवन गर्दा रुघाखोकी निको हुन्छ। ज्वरो आएको समयमा पुदिना र तुलसीको पात पानीमा उमालेर सेवन गर्दा ज्वरो कम हुन्छ।

दाद, एलर्जी भएको ठाउँमा पुदिनाको पात पिसेर लेप लगाउँदा ठीक हुन्छ।

यसको सेवनले गर्मीमा लाग्ने लू बाट पनि राहत मिल्छ।

यदि शरीरमा घाउ छ भने त्यहाँ पुदिनाको लेप लगाउँदा छिटो निको हुन्छ।

पुदिनाको पात पिसेर त्यसको लेप मुहारमा लगाउँदा पनि दाग, धब्बा निको हुनुका साथै मुहार चम्किलो पनि हुन्छ।

यसको चटनी अचार बनाएर खाएमा पेटको समस्या निको हुन्छ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button