मनोरञ्जनसमाचार

गायक हेमन्त शर्माको नयाँ सांगीतिक कोसेली ‘गुनासो छैन् मायालु’ सार्वजनिक (भिडियो)

Gobal IME Bank

काठमाडौं । गायक हेमन्त शर्माको नयाँ सांगीतिक कोसेली ‘गुनासो छैन् मायालु’ सार्वजनिक भएको छ । गायक हेमन्त शर्माको गीत भर्खरै मात्रै प्रिमियर भएको हो ।

गीतमा गायक शर्माकै शब्द र संगीत रहेको छ भने म्युजिक अरेन्जमेन्ट तथा साउण्ड मिक्सिङ कमल थापा मगरले गरेका छन् । सेन्टिमेन्टल भाव रहेको गीतमा गायक शर्मा र समिक्षा क्षेत्रीको अभिनय देख्न सकिन्छ । म्युजिक भिडियोमा बिछोडिएको प्रेमीलाई शुभकामनाको सरल कथा देखाउन खोजिएको छ ।

निकेश खड्काको निर्देशनमा बनेको म्युजिक भिडियो निकै राम्रो बनेको छ भने गायक शर्मा र समिक्षा क्षेत्रीको अभिनयले दर्शकको मन रुझाउने देखिन्छ । गायक शर्माले नेपाली सांगीतिक क्षेत्रमा निकै ठुलो योग्दान पुर्याएका छन् ।

उनले आउँदै गर मालती, माया त यस्तो होस्, मुल हौ भने रसाइदेउ, थापन थाप हातैमा जस्ता हिट नेपाली गीतहरु पनि नेपाली सांगीतिक क्षेत्रलाई दिएका छन् ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button