मनोरञ्जनसमाचार

हेरा फेरी-३ को क्रेज: सुटिङ शुरु हुना साथ ट्विटरमा ट्रेन्ड

Gobal IME Bank

एजेन्सी । सन् २००० मा रिलिज भएको बलिउड फिल्म हेरा फेरीमा अक्षय कुमार, सुनिल सेट्टि र परेश रावलले मुख्य मुमिका निभाएका थिए । यस फिल्मलाई दर्शकले निकै मन पराएका थिए ।

सन् २००६ मा हेरा फेरी २ ले फेरी पनि दर्शकहरुलाई निकै हँसाएको थियो । राजु, श्याम र बावुराउको पात्रलाई दर्शकले अझ सम्म पनि भुलेका छैनन् । दुबै फिल्मको सफलतापछि यो चलचित्रको तेश्रो भाग पनि आउने चर्चा थियो । धेरै समय पछि अब यस फिल्मको सिक्वेन्सको निर्माण सुरु भएको छ । रिपोर्टको अनुसार फिल्मको सुटिङ सुरु भई सकेको छ । हेरा फेरी ३ को सुटिङ सुरु भए पछि यो फिल्मको फ्यान निकै उत्साहित भएका छन् ।

फिल्मको सुटिङ सुरु भएको सोसल मिडियामा फ्यानहरु आफ्नो खुसी व्यक्त गरिरहेका छन् जसको कारण चलचित्र हेराफेरी ३ ट्विटरमा ट्रेन्ड भई रहेको छ भने गुगलमा पनि यो फिल्म ट्रेन्डिङ मा छ । मिडिया रिपार्ट अनुसार यस फिल्मको सुटिङ मंगलबार देखि सुरु भईसकेको छ । यो जानकारी पाउना साथ दर्शकमा उत्सुक्ता बढेको छ ।

चलचित्र सँग जोडिएको तस्बीर भाइरल हुना साथ हेरा फेरी ३ को बारेमा सोसल मिडियामा सर्च बढ्न थालेको थियो । फिल्ममा अक्षय कुमार नै राजुको भुमिकामा देखिने भए पछि दर्शकमा उत्साह झन् बढेको छ । इन्टरनेटमा यो फिल्मको बारेमा निकै सर्च भई रहेको र हेराफेरी ३ सर्च ट्रेन्डमा रहि रहेको छ । गुगल इन्डियाले पनि ट्विटर यस फिल्मको बारेमा ‘के तपाईले सर्च ट्रेन्ड देख्नु भयो ? ए मेरा चस्मा किधर है ? ‘ भन्दै ट्विट गरेको छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button