Saturday , 19 June 2021

नारायणगढ–गोन्द्रङ सडक ६ लेन बन्न्ने -GoodNews24

पूर्व पश्चिम राजमार्गअन्तर्गत नारायणगढदेखि गोन्द्राङसम्मको सडकखण्डलाई विस्तार गरिने भएको छ । सो खण्डलाई बीचमा हरियाली सहितको ६ लेन बनाउन लागिएको हो ।
डिभिजन सडक कार्यालय चितवनका प्रमुख कृष्णराज अधिकारीका अनुसार लामो दूरीमा चल्ने सवारीका लागि चार लेन र स्थानीय सवारीका लागि दुई लेन सहितको आकर्षक सडकको नक्साङ्कन गरिएको छ । बीचको तीन मिटरको डिभाइडरसहित ३९ मिटर फराकिलो कालोपत्र सडक बनाइनेछ ।
बोलपत्र आह्वानको तयारीमा जुटेको उहाँले जानकारी दिनुभयो । बहुवर्षीय योजनाका रुपमा सडक निर्माणका लागि अर्थ मन्त्रालयले रु एक अर्ब ९८ करोड ७५ लाख स्वीकृत गरिसकेको छ । २ वर्ष वा २८ महिना कुनै एक समय राखेर बोलपत्र आह्वान गर्ने तयारी गरिएको छ ।
भरतपुर महानगरप्रमुख रेनु दाहालले सो सडकलाई नमूना हरियाली सडकका रुपमा निर्माण गरिने जानकारी दिनुभयो ।

यसमा तपाईको मत कमेन्ट गर्नुहोस्
Loading...

Check Also

आजदेखि खोप प्रदेशमा पठाइँदै-Goodnews24

काठमाडौँ, १० माघ – कोभिड–१९ विरुद्धको खोप ‘कोभिशिल्ड’ आजदेखि सातवटै प्रदेशमा पठाउन थालिएको छ । …

Powered by Youth Circle