अन्यसमाचार

दश वर्षको अष्ट्रेलिया बसाइपछि स्वदेश फर्किएर व्यवसाय शुरु गरे -GoodNews24

Gobal IME Bank

चितवन । दश वर्षको अष्ट्रेलिया बसाइपछि स्वदेश फर्किएर एक दम्पतीले त्यहाँ सिकेको सीपलाई उपयोग गर्दै आफ्नै घरमा व्यवसाय शुरु गरेका छन् । भरतपुर महानगरपालिका–१० बाइपास सडकको भरतपुर आँखा अस्पतालको आडैमा उहाँहरुले ग्लोबल कफीहाउस सञ्चालनमा ल्याउनुभएको हो ।

श्रीमान् प्रदीपको सहयोगमा आश्मा तिमिल्सिनाले कफीसप सञ्चालन गर्नुभएको छ । कफीसपमा ग्राहकलाई अन्तर्राष्ट्रिय स्वादको कफीसँगै सीप सिक्न चाहनेका लागि यो दम्पतीले तालिम पनि दिँदै आउनुएको छ । सन् २००८ मा अष्ट्रेलियाको मेलबन पुगेको यो दम्पती त्यहाँको पाँच वर्ष बसाइपछि सिड्नी पुग्यो । पढाइ सकेर स्थायी बसोबासका लागि अष्ट्रेलिया सरकारको इजाजत पाउनै लाग्दा सिड्नीको पाँचवर्षे बसाइ सकेर सो जोडी सीपसँगै नेपाल फर्कियो ।

अष्ट्रेलियामै हस्पिटालिटी व्यवस्थापनमा स्नातक गर्नुभएकी आश्मा कफी निर्माणमा निकै सिपालु हुनुहुन्छ । उहाँले भन्नुभयो, “सिड्नीमा बस्दै गर्दा यो सीप नेपालमा प्रयोग गर्ने सोच हामीमा आयो र यहाँ फर्कियौँ ।” दश वर्ष बाहिर हुँदा नेपालमा पनि धेरै परिवर्तन भइसकेको छ । यो परिवर्तनसँग जुध्दै स्वादेशमै सङ्घर्ष गर्ने अठोटका साथ आफूहरु फर्किएको आश्माको भनाइ छ । विदेशमा जस्तै यहाँ पनि कफी पिउनेको सङ्ख्या बढेको उहाँले बताउनुभयो । आफ्नै घरको पहिलोतलामा रु १५ लाख हाराहारी खर्च गरी यो दम्पतीले चिटिक्कको कफीसप तयार गरेको छ ।

अष्ट्रेलियामा चलेका कफीका स्वाद मात्र होइन, कफीसँगै अध्ययनका लागि पुस्तक पनि राखिएका छन् । कफीसपमा हटकफी, कोल्डकफीसँगै कफीबाट बन्ने विभिन्न परिकारसँगै मिल्कसेक पनि उपलव्ध छन् । छिट्टै भारतको १२० वर्ष पुरानो दूधकोला पनि बिक्री गर्ने लक्ष्य उक्त दम्पतीले लिएको छ । विभिन्न लेखकका पुस्तक पढ्दै कफी पारखीहरु कफीसपमा रमाएको देखिन्छ । आश्मा भन्नुहुन्छ, “कफीसपलाई बुक क्याफेका रुपमा चिनाउने मेरो रहर छ ।”

प्रदीपका अनुसार कफीसपमा २० दिनको कफी तालिम र १५ दिनको हस्पिटालिटीसम्बन्धी तालिम पनि दिइँदै आएको छ । हालसम्म १७ जनाले कफी बनाउने तालिम र तीनैमध्येका १२ जनाले हस्पिटालिटी तालिम पनि लिएका छन् । हस्पिटालिटी तालिममा वेटर र वेट्रेस तालिम पर्दछन् । तालिम लिने अधिकांश विदेश जाने भएका प्रदीपले जानकारी दिनुभयो । तालिम लिन आउनेलाई यो दम्पतीले विदेशको सङ्घर्ष र आवश्यक सीपका बारेमा पनि बुझाउँदै आएको छ । कफीसपमा अन्यत्र नपाइने स्वादका कफीसँगै पेय पदार्थ बिक्री गर्ने सोच दम्पतीसँग छ ।

आश्माले भन्नुभयो, “अर्काको देशमा सीप सिक्ने हो, काम आफ्नै देशमा गर्नुपर्छ ।” आठ वर्षकी छोरीलाई शिक्षादिक्षा दिँदै स्वदेशमै व्यवसायमा जम्ने अठोट यो दम्पतीले लिएको छ । आश्माले थप्नुभयो, “मेहेनत ग¥यो भने अष्ट्रेलियाको भन्दा बढी कमाइ हामी यही गर्न सक्छौँ भन्ने हाम्रो अठोट छ ।” भर्खरै व्यवसाय शुरु गरेकाले काम गर्ने सहयोगी छैनन् । गर्नुपर्ने सबै काम दम्पतीले आफैँ गरेका छन् ।

यो पनि पढ्नुहोस् ..
[irp posts=”3415″] [irp posts=”2573″] [irp posts=”4224″] [irp posts=”2714″] [irp posts=”3415″] [irp posts=”3558″] [irp posts=”3605″] [irp posts=”3875″] [irp posts=”3930″] [irp posts=”2617″] [irp posts=”4080″] [irp posts=”4103″]

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button